रोशन पोखरेल, असोज ९, विराटनगर । निरन्तर १२ घन्टाभन्दा लामो समयदेखि परेको वर्षाका कारण विराटनगर लगायत आसपासको क्षेत्र जलमग्न भएको छ । विराटनगर उपमहानगरपालिकाका अधिकाशं भागमा डुवान भएको छ । देवकोटा चौक, विराटनगर बसपार्क, रोडशेष चौक , पोखरिया,आयल निगम चौक,ठूलोमिल चोक, हस्पिटल चोक डुबानमा परेका छन् । साथै मेनरोड विराटनगर र कोशी राजमार्गको शिवमन्दिर नजिकै एनसेल सेन्टर अगाडि पानी जम्दा सवारी आवत जावतमा पनि कठिनाई भएको छ ।
विराटनगरमा पानीको उचित निकास नहुँदा वर्षेनी नगरबासीले हैरानी खेप्दै आएका छन । बर्षाका कारण मोरंगका उत्तरी भेगसमेत जलमग्न भएका छन् ।सिंघिया र केशलिया खोलामा बाढी आएको छ । साथै मधुमारामा रहेको सुकुम्वासी वस्तिमा पानी पसेको स्थानिय वासीले जानकारी दिएका छ । अविरल परेको वर्षाका कारण सुकुम्वासी वस्ति डुवानमा परेकाले सुरक्षित स्थानमा वस्नको लागी मोरङ्ग प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।