2026-09-07 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसी लडाकु विमानले आफ्नै सहरमा बम खसाल्यो

वैशाख ८, काठमाडौँ । रुसी लडाकु विमानले गल्तीले आफ्नै सहरमा बम खसालेको छ । रुसी रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको छ । मन्त्रालयका अनुसार उसको आफ्नै विमानले युक्रेनको सिमानामा रहेको रुसी सहर बेलगोरोडमा बम खसालेको हो ।

क्षेत्रीय गभर्नर व्याचस्लाभ ग्लाडकोभले यस विस्फोटका कारण सहरको केन्द्रमा २० मिटर गहिरो खाडल बनेको बताएका छन् । यस विस्फोटमा दुई महिला घाइते भएका छन् भने धेरै भवनमा क्षति पुगेको छ ।

सु–३४ लडाकु विमानले भूलवश बम खसालेको मन्त्रालयले जनाएको छ । यो घटना बिहीबारको हो र यसको अनुसन्धान सुरु भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा यो विस्फोटका कारण केही अपार्टमेन्टमा क्षति पुगेको देखिन्छ ।

बेल्गोरोड युक्रेनको सिमानाबाट करिब ४० किलोमिटर टाढा छ र त्यहाँको जनसङ्ख्या ३,७०,००० छ । यो युक्रेनको दोस्रो ठुलो सहर खार्किवको उत्तरमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित