2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा चिकित्सककै लगानीमा स्वास्थ्य शिविर

असोज ९, ललितपुर । नेपाल फिलिपिन्स सोसाइटीमा आबद्ध चिकित्सकले आफ्नै लगानीमा श्रीमहालक्ष्मी नगरपालिका–२ स्थित सिस्नेरी उच्चमाविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरे । 

नेपाल रेडक्रस सोसाइटी लामाटार उपशाखाको आयोजनामा शनिबार सम्पन्न सो शिविरमा बालरोग, मुटुरोग, दन्तरोग, स्त्रीरोग, पेटको समस्या र सामान्य चिकित्सासँग सम्बन्धित एक सय ७० बिरामी लाभान्वित भएका थिए । 

डा रोशन पिया र डा केयुर गौतमको नेतृत्वमा फिलिपिन्समा अध्ययन गरिफर्केका ३० चिकित्सक र पाँच प्राविधिकसहितको टोलीले आआफ्नै खर्चमा निःशुल्क औषधि वितरण गर्नाका साथै इसिजी, भिडियो एक्सरे र रक्त परीक्षण गरेको थियो । ती चिकित्सकले शिविरमा खाजा र खाना खर्च पनि आआफँै व्यहोरेका थिए । 

आफ्नो आम्दानीको केही हिंस्सा समाजसेवामा लगाउनुपर्छ भन्ने धार्मिक मान्यताले चिकित्सकले बिदाको सदुपयोग गर्दै शिविरलाई सहयोग गरेको शिविर संयोजक वरिष्ठ अहेव हरिशरण थापाले जानकारी दिनुभयो । डा पियाले बेलाबखत फुर्सदको समय निकाली आफूहरु यसरी शिविरमा संलग्न हुन पाउँदा आत्मसन्तुष्टि मिल्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल