2026-10-23 01:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा चिकित्सककै लगानीमा स्वास्थ्य शिविर

असोज ९, ललितपुर । नेपाल फिलिपिन्स सोसाइटीमा आबद्ध चिकित्सकले आफ्नै लगानीमा श्रीमहालक्ष्मी नगरपालिका–२ स्थित सिस्नेरी उच्चमाविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरे । 

नेपाल रेडक्रस सोसाइटी लामाटार उपशाखाको आयोजनामा शनिबार सम्पन्न सो शिविरमा बालरोग, मुटुरोग, दन्तरोग, स्त्रीरोग, पेटको समस्या र सामान्य चिकित्सासँग सम्बन्धित एक सय ७० बिरामी लाभान्वित भएका थिए । 

डा रोशन पिया र डा केयुर गौतमको नेतृत्वमा फिलिपिन्समा अध्ययन गरिफर्केका ३० चिकित्सक र पाँच प्राविधिकसहितको टोलीले आआफ्नै खर्चमा निःशुल्क औषधि वितरण गर्नाका साथै इसिजी, भिडियो एक्सरे र रक्त परीक्षण गरेको थियो । ती चिकित्सकले शिविरमा खाजा र खाना खर्च पनि आआफँै व्यहोरेका थिए । 

आफ्नो आम्दानीको केही हिंस्सा समाजसेवामा लगाउनुपर्छ भन्ने धार्मिक मान्यताले चिकित्सकले बिदाको सदुपयोग गर्दै शिविरलाई सहयोग गरेको शिविर संयोजक वरिष्ठ अहेव हरिशरण थापाले जानकारी दिनुभयो । डा पियाले बेलाबखत फुर्सदको समय निकाली आफूहरु यसरी शिविरमा संलग्न हुन पाउँदा आत्मसन्तुष्टि मिल्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने