४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए

१० बैशाख २०८०, आईतवार ०६:४०

वैशाख १०, बामाको (माली) । गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र नी जना सैनिक जवानको मृत्यु भएको छ । सुरक्षा फौजले ८८ जना जिहादीलाई नियन्त्रणमा लिएको छ । 

अतिवादी समूहले शनिबार मध्य मोप्ती क्षेत्रको सेभेरे विमानस्थल क्षेत्रमा कारबम विष्फोट गराउँदा १० जना सर्वसाधारणले ज्यान गुमाएका तथा ६१ जना घाइते भएका सरकारले एक विज्ञप्ति निकालेर बताएको छ । 

विष्फोटबाट विमानस्थल वरपरका केही घरहरू ध्वस्त भएका छन् । बहादुरीपूर्वक विद्रोहीको सामना गरेका सुरक्षा फौजका जवानले आक्रमणकारीलाई परास्त गरेका विज्ञप्तिमा उल्लेख छ । 

सन् २०१२ मा देशको उत्तरी भागमा जिहादी पृथकतावादी विद्राह शुरु भएपछि मालीको शान्तिसुरक्षामा सङ्कट उत्पन्न भएको छ । सन् २०२० को अगष्टदेखि राजनीतिक व्यक्तिहरूको परिषद्ले सत्ता सम्हालेको छ । 

फ्रान्स र अन्य पश्चिमा साझेदारसँगको सहयोगमा जिहादीविरुद्ध सङ्घर्षरत माली ती साझेदारसँगको लामो समयदेखिको सम्बन्ध तोडेर सैन्य र राजनीतिक रुपमा रुसतर्फ मोडिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता