२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

दशैं नजिकिँदै गर्दा डोल्पामा खाद्यान्नको अभाव

२०७३, ९ आश्विन आईतवार ०८:२१

असोज ९, डोल्पा । नेपालीको महान् चाड दशैं नजिकिँदै गर्दा डोल्पालीलाई भने खाद्यान्नको चटारो बडेको छ । खाद्य संस्थानले हरेक वर्ष दसँैका लागि सहुलियतमा खाद्यान्न वितरण गर्ने गरे पनि यसपालि समयमै खाद्यान्न ढुवानी हुन नसक्दा खाद्यान्नको चटारो बडेको स्थानीयवासी लवचन्द्र रोकाय बताउनुहुन्छ । 

संस्थानले चामल, नुन लगायतको खाद्यान्न ढुवानी भइसकेको बताए तापनि खाद्य डिपोमा अझै पुगेको छैन । जिल्ला खाद्य व्यवस्था समितिले यस आर्थिक वर्षको चामल ढुवानीका लागि तदारुकता नदेखाउँदा खाद्यान्न ढुवानीमा ढिलाइ भएको हो । 

चामल नेपालगन्ज, दाङ, सुर्खेत लगायतका जिल्लाबाट ठेकेदारले उठाइसकेको र दसँैअघि नै दुनै र जुफाल डिपोबाट चार गाविसका सर्वसाधारणलाई एक महिना बराबरको खाद्यान्न उपलब्ध गराउने समितिका अध्यक्ष्यसमेत रहनुभएका प्रजिअ चेतबहादुर बरालले जानकारी दिनुहुन्छ । तल्लो डोल्पाका सर्मी, कालिका, काइगउँ, लिकु लगायतका डिपोमा खाद्यान्न मौज्दात शून्य हुनुका साथै ढुवानीको व्यवस्थासमेत नभएकाले यसपालि दशैंमा खाद्यान्न नपाइने पक्का भएपछि सर्वसाधारणमा निराशा छाएको स्थानीयवासी भक्तबहादुर बुढाको गुनासो छ । 

सहुलियतको चामल नपाइने भएपछि स्थानीय बजारमा सर्वसाधारण महँगो मूल्य तिरेर चामल, नुन लगायतका खाद्यवस्तु किन्न बाध्य भएको उहाँले बताउनुहुन्छ । उपल्लो डोल्पामा भने चीनको क्याटु लगायतका नाकाबाट चार हजार पाँच सय क्विन्टल खाद्यान्न ढुवानी गरेर भदौ अन्तिम साता नै वितरण गरी सकिएको खाद्य संस्थानको शाखा कार्यालयले जनाएको छ । 

गत शुक्रबार बसेको खाद्य व्यवस्था समितिको बैठकले जिल्लाका छवटा डिपोका लागि ३९ हजार पाँच सय क्विन्टल चामल माग गरिएको जिल्ला खाद्य प्रमुख हरिप्रसाद जोशीको भनाइ छ । 

जिल्लामा भएको उत्पादनले तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले बाँकी नौ महिना संस्थानको चामलको मुख ताक्नुपर्ने डोल्पालीको बाध्यता रहेको स्थानीयवासी चन्द्रबहादुर केसी उल्लेख गर्नुहुन्छ । खाद्य डिपो दुनैमा एक हजार चार सय क्विन्टल र जुफाल डिपोमा दुई सय क्विन्टल खाद्यान्न मौज्दात भएको संस्थानले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन