२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

दशैलाई अग्रिम टिकट बुकिङ काठमाण्डौमा खुल्यो, बुटवलमा मंगलबारदेखि

२०७३, ९ आश्विन आईतवार ०९:०२

कृष्ण खनाल, असोज ९, बुटवल । बिजया दशमी नजिकिदै गर्दा विस्तारै चहल पहल बढेको छ । बिजया दशमी हिन्दुहरुको ठुलो चाडको रुपमा रहेको हुदा यो चाडपर्वको प्रभाव रहने गर्दछ । 

नजिकिएको चाडलाई मध्यनजर गरी काठमाण्डौ उपत्याकाबाट देशका विभिन्न स्थानमा जाने सार्वजनिक यातायातका साधानहरुको अग्रिम टिकट बुकिङ शुक्रबारबाट  खुलेको छ । भने बुटवलबाट विभिन्न जिल्लामा जाने सार्वजनिक यातायातको टिकट बुकिङ यहि  असोज ११ गते अर्थात आगामी मंगलबारबाट खोल्ने  तयारी गरिएको सम्बन्धीत  यातायात व्यवसायी संस्थाले जानकारी दिएका छन् । 

यस क्षेत्रकै सबैभन्दा ठुलो यातायता व्यवसायीहरु आवद्व भएको पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका अध्यक्ष दघिराम खरेलले आगमी मंगलबार देखि दशैको लागि अग्रीम टिकट बुकिङ्ग खुल्ला गर्न लागेको जानकारी  दिए । 

अहिले  काठमाण्डौमा यसै विषयको बैठकमा सहभागी हुन पुगेका अध्यक्ष खरेलले यहि असोज १० गते पदाधिकारी तथा रुट व्यवस्थापन समितिका विभिन्न जिम्मेबार व्यवाक्तिहरुसंग बैठक बसेपछि मंगलबारबाट अग्रीम  टिकट बुकिङ्ग सुरु गर्न लागेको जानकारी दिए । उनले भने–‘म अहिले काठमाडौंमा छु, बुटवल आएपछि १० गते पदाधिकारी, रुट संयोजकको विचमा छलफल हुन्छ, ११ गतेबाट अग्रीम टिकट खुल्छ ।’ 

उनले अग्रीम टिकट बुकिङ्ग खोल्न भन्दा पहिला बुटवल नयाँ बसापार्कमा  विभिन्न निकायसंग संमन्व गरेर ‘यात्रु सहायता कक्ष’ हेल्प डेक्स स्थापना गर्ने र यसको तयारीमा समेत आफु लागेको जानकारी गराए । 

विगतका दिनहरुमा एउटै सिटम दुई वटा व्याक्तिहरुको टिकट काटिएको,  यात्रुले टिकट अनुसारको सिट नपाएको जस्ता केही गुनासाहरु आएको भन्दै उनले  यस बर्ष त्यस्ता  समास्या समाधानको लागि संघका विभिन्न पदाधिकारीहरुलाई जिम्मेबारी प्रदान गर्न लागिएको समेत जानकारी दिए । 

महासचिव जीवन कुमार बन्जाडेलाई  यात्रुको गुनासो तथा समस्या सुन्ने निकायको रुपमा समेत जिम्मेबारी दिन लागिएको उनको भनाई रहेको छ । गत बर्ष महाभुकम्पको कारण पनि यात्रुहरुले सहज रुपमा यात्रा गर्न पाएको भन्दै उनले आवश्यकता अनुसार सत प्रतिशत नै गाडीहरु थप्न आफुहरु तयार रहेको जानकारी दिएका छन् । संघमा अहिले करिव २ हजार ३ सय ५० भन्दा बढि गाडीहरु आवद्व रहेको भन्दै सोही अनुपातमा गाडीहरु थप्नको लागि तयारी अवस्थमा राखिएको जनाइएको छ । 

यस बर्ष पहिला नै यात्रु भाडा निर्धारण गरिएको कारण यात्रुले तिर्ने भाडामा कुनै समस्या नभएको जनाइएको छ । बुटवलमा यस क्षेत्रकाबाट केही क्षेत्रमा सिद्धार्थ यातायाता व्यवसायी समिति भैरहवा, बुटवल ययातायात व्यवसायी समिति बुटवल, पाल्पाको श्रीनगर यातायात व्यवसायी समिति, गुल्मीको रेसुङ्ग यातायात व्यवसायी संघ, अर्घाखाँचीमा देउराली यातायाता व्यवसायी संघ, नवलपरासीमा पाल्ही यातायात व्यवसायी संघले सार्वजनिक यातायातका साधनहरु चलाउदै आएका छन्  । 

काठमाण्डौमा टिकट काउन्टरमा महिला र अशक्त, अपांग तथा जेष्ठ नागरिकका लागि पनि छुट्टै लाइन राखिएको छैन । महिला र पुरुषको छुट्टाछुट्टै लाइन नहुँदा महिलाहरुले समस्या भोगेको  गुनासो गरेको छ । शुक्रबारबाट अग्रीम टिक खुलेपछि  काउन्टर आसपास ट्राफिक प्रहरीले भाडादरसहित हेल्प डेस्क खडा गरेको भएपनि  टिकट काट्न गएका यात्रुले सास्ती खेपेको जनाइएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी