दान बहादुर बुढा | असोज ९, मुगु | नेपाल कै ठुलो र गहिरो ताल राराको सुन्दरतामा मानविय अतिक्रमण हुन नदिई विभिन्न खालका फोहोर तथा प्रदुषणबाट जिवन्त बचाई राख्न अब नियमित सर सफाई ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | असोज ९, मुगु | नेपाल कै ठुलो र गहिरो ताल राराको सुन्दरतामा मानविय अतिक्रमण हुन नदिई विभिन्न खालका फोहोर तथा प्रदुषणबाट जिवन्त बचाई राख्न अब नियमित सर सफाई ग"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

राराको सुन्दरता बचाईराख्न मासिक सरसफाई अभियान

९ आश्विन २०७३, आईतवार १३:५१

दान बहादुर बुढा | असोज ९, मुगु | नेपाल कै ठुलो र गहिरो ताल राराको सुन्दरतामा मानविय अतिक्रमण हुन नदिई विभिन्न खालका फोहोर तथा प्रदुषणबाट जिवन्त बचाई राख्न अब नियमित सर सफाई गरिने भएको छ ।

रारा पर्यटन विकास समितीको आयोजनामा शनिबार आयोजित माशिक सरसफाई अभियानको प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा र कृषि मन्त्रालयका माटो निर्देशक दुर्गा प्रसाद दुवाडीले संयुक्त रुपमा उद्घाटन गरेसंगै राराको नियमित सरसफाई हुने भएको हो ।

रारा प्राकृतिक उपहारको रुपमा रहेको र प्रकृतिले जस्तो हामीलाई उपहार दिएको छ त्यस्तै सुन्दरता,स्वरुप र संरचनामा भावी सन्ततीहरुलाई बुझाउनु मानव अतिक्रमणमा पर्नु भन्दा अगावै हामी सचेत भएर सरसफाई अवियान चलाएको युवा अगुवा गजेन्द्र बहादुर मल्ल बताउनु हुन्छ ।

रारामा कुनैपनि प्रकारको फोहोरको संकेतसम्म नभएपनि मुगुमा हवाईसेवा नियमित र सडक पुगेसंगै यहाँ आउने आन्तरिक तथा बाईय पर्यटकहरुको संख्या बढेकाले अब फोहोर हुन सक्छ है भनेर समय मै सबैलाई सचेत गराउन यो अभियानको प्रमुख मनसाय रहेको पर्यटन व्यसायी गोपाल बहादुर बम बताउनु हन्छ ।


कार्यक्रममा बोल्दै रारा राष्टिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत मोहन विश्वकर्माले रारा ताल तथा वरिपरिका जंगलहरुमा पलाष्टिक,सिसा लगायत अन्य किसिमका फोहोर नहोस भनेर प्रत्यर्क प्रबेश नाकामा पलाष्टिक तथा सिसा जन्य बस्तुहरुको चेक जाच गरि संख्या उल्लेखित पास दिने र राराबाट बाहिरिदा ति वस्तु देखाउनु पर्ने नियम बनाएर यो चेकजाच प्रकृया चलाई रहेको बताउनु भयो । विश्वमा अहिले पलाष्टिक र सिसाले बाताबरण प्रदरषणमा प्रमुख भुमिका खेलेखाले रारामा यस्तो अभियान चलाएको संरक्षक अधिकृत विश्वकर्माले बताउनु भयो । उहाँले थप्नु भयो रारा नेपालको मात्र नभएर २००७ मा रामसार क्षेत्रमा सुचिकृत भएसंगै यो विश्वको गहना भएकाले विश्वलाई प्राकृतिको बरदान जस्ताको तस्तै कता छ भनेर भन्दा नेपालको रारामा छ भन्ने उत्तर दिलाउन यसको नियमित सरसफाई गर्नु आवश्यक रहेको छ । उहाँका अनुसार रारामा विगत बर्षहरु भन्दा गत बर्षबाट पर्यटक आगमन नाटकिय रुपमा बढेको छ देहका विभिन्न जिल्लाहरुबाट दैनिक जसो आन्तरिक पर्यटकहरु १०० जना सम्म आउने गरेका छन । गत बर्ष मात्र १३२ जना बाईय पर्यटक आएका थिए । 

कार्यक्रमका विषेश अतिथी माटो निर्देशक दुर्गा दवाडीले राराको माटोमा कुनै प्रदुषण नभएको बताउनु भयो उहाँले दुई दिने रारा बसाईमा पुरै ताल वरिपरि घुम्दा आफुले कुनै प्रकारको फोहोर नदेखेकोमा आफु अचम्मभित भएको बताउनु भयो मानव सृजित फोहोरबाट ग्रसित नभएको विश्वमा कुनैमा अहिले कुनै क्षेत्र बाँकी छैन तर रारा आफुले सोचे भन्दा पनि हजारौ गुणा सफा पाएको बताउनु भयो । 


रारा सर सफाई अभियानमा अब प्रत्र्यक महिनाको दोसा्रे शनिवार गर्नेछौ हामीलाई प्रकृतीले जस्तो रारा दियो अझै त्यस्तै छ र भोली पनि भावी सन्ततीलाई त्यस्तै बुझाउनेछौ भन्न लगाएर सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी शर्माले सपथ गराएका थिए ।  

सरसफाई अभियानमा सुरक्षाकर्मी,कर्मचारी,विद्यार्थी,दलका स्थानिय अगुवा,संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ