दान बहादुर बुढा | असोज ९, मुगु | नेपाल कै ठुलो र गहिरो ताल राराको सुन्दरतामा मानविय अतिक्रमण हुन नदिई विभिन्न खालका फोहोर तथा प्रदुषणबाट जिवन्त बचाई राख्न अब नियमित सर सफाई ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | असोज ९, मुगु | नेपाल कै ठुलो र गहिरो ताल राराको सुन्दरतामा मानविय अतिक्रमण हुन नदिई विभिन्न खालका फोहोर तथा प्रदुषणबाट जिवन्त बचाई राख्न अब नियमित सर सफाई ग"/>

2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

राराको सुन्दरता बचाईराख्न मासिक सरसफाई अभियान

दान बहादुर बुढा | असोज ९, मुगु | नेपाल कै ठुलो र गहिरो ताल राराको सुन्दरतामा मानविय अतिक्रमण हुन नदिई विभिन्न खालका फोहोर तथा प्रदुषणबाट जिवन्त बचाई राख्न अब नियमित सर सफाई गरिने भएको छ ।

रारा पर्यटन विकास समितीको आयोजनामा शनिबार आयोजित माशिक सरसफाई अभियानको प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा र कृषि मन्त्रालयका माटो निर्देशक दुर्गा प्रसाद दुवाडीले संयुक्त रुपमा उद्घाटन गरेसंगै राराको नियमित सरसफाई हुने भएको हो ।

रारा प्राकृतिक उपहारको रुपमा रहेको र प्रकृतिले जस्तो हामीलाई उपहार दिएको छ त्यस्तै सुन्दरता,स्वरुप र संरचनामा भावी सन्ततीहरुलाई बुझाउनु मानव अतिक्रमणमा पर्नु भन्दा अगावै हामी सचेत भएर सरसफाई अवियान चलाएको युवा अगुवा गजेन्द्र बहादुर मल्ल बताउनु हुन्छ ।

रारामा कुनैपनि प्रकारको फोहोरको संकेतसम्म नभएपनि मुगुमा हवाईसेवा नियमित र सडक पुगेसंगै यहाँ आउने आन्तरिक तथा बाईय पर्यटकहरुको संख्या बढेकाले अब फोहोर हुन सक्छ है भनेर समय मै सबैलाई सचेत गराउन यो अभियानको प्रमुख मनसाय रहेको पर्यटन व्यसायी गोपाल बहादुर बम बताउनु हन्छ ।

कार्यक्रममा बोल्दै रारा राष्टिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत मोहन विश्वकर्माले रारा ताल तथा वरिपरिका जंगलहरुमा पलाष्टिक,सिसा लगायत अन्य किसिमका फोहोर नहोस भनेर प्रत्यर्क प्रबेश नाकामा पलाष्टिक तथा सिसा जन्य बस्तुहरुको चेक जाच गरि संख्या उल्लेखित पास दिने र राराबाट बाहिरिदा ति वस्तु देखाउनु पर्ने नियम बनाएर यो चेकजाच प्रकृया चलाई रहेको बताउनु भयो । विश्वमा अहिले पलाष्टिक र सिसाले बाताबरण प्रदरषणमा प्रमुख भुमिका खेलेखाले रारामा यस्तो अभियान चलाएको संरक्षक अधिकृत विश्वकर्माले बताउनु भयो । उहाँले थप्नु भयो रारा नेपालको मात्र नभएर २००७ मा रामसार क्षेत्रमा सुचिकृत भएसंगै यो विश्वको गहना भएकाले विश्वलाई प्राकृतिको बरदान जस्ताको तस्तै कता छ भनेर भन्दा नेपालको रारामा छ भन्ने उत्तर दिलाउन यसको नियमित सरसफाई गर्नु आवश्यक रहेको छ । उहाँका अनुसार रारामा विगत बर्षहरु भन्दा गत बर्षबाट पर्यटक आगमन नाटकिय रुपमा बढेको छ देहका विभिन्न जिल्लाहरुबाट दैनिक जसो आन्तरिक पर्यटकहरु १०० जना सम्म आउने गरेका छन । गत बर्ष मात्र १३२ जना बाईय पर्यटक आएका थिए । 

कार्यक्रमका विषेश अतिथी माटो निर्देशक दुर्गा दवाडीले राराको माटोमा कुनै प्रदुषण नभएको बताउनु भयो उहाँले दुई दिने रारा बसाईमा पुरै ताल वरिपरि घुम्दा आफुले कुनै प्रकारको फोहोर नदेखेकोमा आफु अचम्मभित भएको बताउनु भयो मानव सृजित फोहोरबाट ग्रसित नभएको विश्वमा कुनैमा अहिले कुनै क्षेत्र बाँकी छैन तर रारा आफुले सोचे भन्दा पनि हजारौ गुणा सफा पाएको बताउनु भयो । 

रारा सर सफाई अभियानमा अब प्रत्र्यक महिनाको दोसा्रे शनिवार गर्नेछौ हामीलाई प्रकृतीले जस्तो रारा दियो अझै त्यस्तै छ र भोली पनि भावी सन्ततीलाई त्यस्तै बुझाउनेछौ भन्न लगाएर सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी शर्माले सपथ गराएका थिए ।  

सरसफाई अभियानमा सुरक्षाकर्मी,कर्मचारी,विद्यार्थी,दलका स्थानिय अगुवा,संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल