ललित बोहरा | असोज ९, डडेल्धुरा | घर पालुवा जनावरलाई निशुल्क रेबिज विरुद्धको भ्याक्सिन लगायतका विभिन्न क्रियाकलाप गरि डडेल्धुरामा सप्ताहव्यापी रुपमा १० औँ रेबिज दिवस मनाईदै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | असोज ९, डडेल्धुरा | घर पालुवा जनावरलाई निशुल्क रेबिज विरुद्धको भ्याक्सिन लगायतका विभिन्न क्रियाकलाप गरि डडेल्धुरामा सप्ताहव्यापी रुपमा १० औँ रेबिज दिवस मनाईदै "/>
2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सप्ताहव्यापी रुपमा रेबिज दिवस मनाईदै

ललित बोहरा | असोज ९, डडेल्धुरा | घर पालुवा जनावरलाई निशुल्क रेबिज विरुद्धको भ्याक्सिन लगायतका विभिन्न क्रियाकलाप गरि डडेल्धुरामा सप्ताहव्यापी रुपमा १० औँ रेबिज दिवस मनाईदै छ । 

असोज ६ गते देखि १२ गते सम्म मनाईने रेबिज दिवसका अवसरमा रेबिज बारे आम सञ्चारका माध्यम तथा पर्चा पम्पलेटद्धारा सचेतना मुलक सन्देश प्रवाह संगै जिल्ला पशु सेवा कार्यालय एवं पशु सेवा केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन निशुल्क रुपमा घरपालुवा जनावरलाई लगाई रहेको पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ । रेबिज रोगले जन स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभाव, पशुपंक्षिमा फलिने प्रभावलाई न्युनिकरण गर्न जनचेतना फैलाउने, रेबिजबाट बच्ने उपायबारे बढी भन्दा बढी सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले दिवस सप्ताहव्यापी रुपमा मनाई रहेको वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले बताएका छन ।

जंगली तथा घरपालुवा जनावर एवं मानव जातीलाई रेबिज रोग प्राणघातक भएकाले अथवा रेबिज लागे पछि निको नहुने भएकाले सप्ताहव्यापी रुपमा मनाई यसको न्युनिकरणका लागी प्रयास थालिएको उनले बताएका छन ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा रेबिज रोगबाट बर्षेनी ३६ सयको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ । नेपालमा पनि बर्षेनी एक सय बढीको ज्यान रेबिज रोगका कारण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई