2026-07-25 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गेस्टहाउसमा बोलाएर बलात्कार गरेको भन्दै ७५ वर्षीय श्रीमान्‌लाई जेठी श्रीमतीले हालिन् मुद्दा

वैशाख १५, काठमाडौँ | अंश मुद्दा जारी रहँदा श्रीमान्‌ले गेस्ट हाउसमा बोलाएर बलात्कार गरेको भन्दै जेठी श्रीमतीले प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरीले हालैमात्र अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर गरेको छ ।

रौतहटको चन्द्रपुर स्थायी घर भएका ७५ वर्षका वयोवृद्ध आरोपी र जाहेरवालाबीच ३० वर्षदेखि सम्बन्ध बिग्रिएको थियो । श्रीमान्‌ले कान्छी श्रीमती ल्याएपछि उनीहरूबीच सम्बन्ध चिसिएको बताइएको छ ।

बेग्लै बस्दै आएकी जेठी श्रीमतीले छोराछोरी ठूला भएपछि श्रीमान्‌विरुद्ध अंश मुद्दा हालेकी थिइन्। रौतहट जिल्ला अदालतले जेठी श्रीमतीको पक्षमा फैसला गरेपनि श्रीमान्‌ले विभिन्न ठाउँमा बोलाएर झुलाउने काम गरेको जाहेरवालाको आरोप छ ।

ती महिलाका अनुसार २०७९ वैशाख २२ गते जग्गाको विषयमा कुराकानी गर्ने भनेर गेस्ट हाउसको कोठाभित्र लगेर श्रीमानले बलात्कार गरेका थिए । घटना पुरानाे भए पनि प्रहरीले अनुसन्धान सकेर भर्खरै मुद्दा हालेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक