असोज ९, झापा | दार्जीलिङबाट ३५ वर्षअघि नेपाल आएर नेपाली संगीतको क्षेत्रमा क्रियाशील संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनको उपचारका लागि युएईमा रहेका झापालीहरुले आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ९, झापा | दार्जीलिङबाट ३५ वर्षअघि नेपाल आएर नेपाली संगीतको क्षेत्रमा क्रियाशील संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनको उपचारका लागि युएईमा रहेका झापालीहरुले आ"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

युएई बस्ने झापालीहरुद्वारा संगीतकार योञ्जनको उपचारमा सहयोग

२०७३, ९ आश्विन आईतवार १५:२५

असोज ९, झापा | दार्जीलिङबाट ३५ वर्षअघि नेपाल आएर नेपाली संगीतको क्षेत्रमा क्रियाशील संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनको उपचारका लागि युएईमा रहेका झापालीहरुले आर्थिक सहयोग गरेका छन् । 

झापाली समाज रास अल खेमा क्षेत्रीय समितिका पदाधिकारीहरु तथा राख अल खेमाका अन्य सहयोगी व्यक्तित्वहरुले पनि यस अभियानमा सहयोग गरेको झापाली समाज, रास अल खेमा क्षेत्रीय समितिका अध्यक्ष खगेन्द्र बुढाथोकीले जानकारी दिएका छन् । 

गरामनीको दुर्गा उच्च मा.वि. वाल्मीकि स्कुल लगायत झापाका चर्चित विद्यालयहरुमा संगीत प्रशिक्षकका रुपमा कार्यरत योञ्जन मधुमेह तथा मिर्गौला रोगबाट पीडित भइ हाल पूर्णटुङ्ग विर्तासिटी हस्पिटलमा उचाररत छन् । 

उनका सहकर्मी तथा साहित्यकार खिलप्रसाद शिवाकोटी लगायतका व्यक्तित्वहरु उनको उपचारमा सहयोग जुटाउन क्रियाशील छन् । संगीतकार योञ्जनबाट दीक्षित हजारौं विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरु सहयोग संकलन अभियानमा जुटेका छन् । यसै सिलसिलामा योञ्जनकै भूतपूर्व विद्यार्थी रमेश विश्वनाथ बरालले झापाली समाज यु.ए.ई.का केन्द्रीय सदस्य रोशन दाहाललाई सहयोगको अपिल गरेपछि युएईबाट १४ हजार ५० रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको हो । उक्त रकम समाजका प्रवक्ता रामप्रसाद ढुंगेलले योञ्जनकी छोरी रिन्साङ सुब्बालाई २४ सेप्टेम्बर शनिबारका दिन अस्पताकै शैयामा हस्तान्तरण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै