२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा जिपको ठक्करबाट बालकको मृत्यु

१० आश्विन २०७३, सोमबार ०७:१९

असोज १०, दाङ । दाङमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंका अनुसार पवननगर–५ कुमलगैडी निवासी सात वर्षीय दीपक चौधरीको मृत्यु भएको हो । 

धनौरीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ३८६ नंको यात्रुबाहक जिपको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी प्रसार्इंले जानकारी दिनुभयो । 

आज बिहान १० बजेतिर उक्त दुर्घटना भएको थियो । चालक र ठक्कर दिने जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सोही घटनालाई लिएर मृतकका आफन्त एवम् स्थानीयवासीले पीडितपक्षलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै घटनास्थलमा सडक अवरुद्ध पारेका छन् । 

सडक खोल्ने बारेमा छलफलको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य