६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

राष्ट्रिय एकताका लागि मेची–महाकाली साइकल यात्रा

१० आश्विन २०७३, सोमबार ०८:३१

असोज १०, भीमदत्तनगर । ‘नेपाली विविधता शान्ति र एकता’ मूल नाराका साथ मेची–महाकाली यात्रा थालेका दाङका रेशम केसीले सोमबार पश्चिमी नाका गड्डा चौकी पुगेर यात्रा पूरा गरेका छन् । 

राष्ट्रिय एकता, सहमति सहकार्यलगायत विषयमा राष्ट्रिय राजनीतिमा बहस भइरहेका बेला १४ दिनको साइकल यात्रा गरेर केसीले एकताको यात्रा पूरा गरेको बताउनुभयो । 

लाइन्स क्लब अफ घोराही सिटीका उपाध्यक्षसमेत रहनुभएका केसीले गत भदौ २८ गते मेचीबाट साइकल यात्रा सुरु गरेका थिए । “आज महाकाली पुगेर यात्रा समापन गरेको छु ।” उहाँले भन्नुभयो – “यात्रामा देशभरका नेपालीले सबैको शान्ति र एकताको नारा हो भन्दै खुसी व्यक्त गरे ।” 

उहाँले मेची र महाकाली नदीको पानी मिसाएर एकताको सन्देशस्वरुप राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्ने जानकारीसमेत दिनुभयो । उहाँले आफू व्यक्तिगत खर्चमा पहिलोपटक यात्रामा निस्केको समेत बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा