2026-07-28 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

सिनामंगलस्थित सेन्ट्रल क्यापिटल सर्भिसेस म्यानपावरमा छापा

वैशाख २८, काठमाडौँ । साउदी कामदार पठाउने भन्दै अनुमतिनै नलिई अन्तर्वार्ता लिइरहेको एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ । सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा विभागको टोलीले छापा मारेको हो ।

म्यानपावर कम्पनीले साउदीमा हेभी ट्रक ड्राइभर, रोड मेन्टेनेन्स वर्कर र ट्रक ड्राइभरको लागि अन्तर्वार्ता लिइरहेको भन्ने सूचना विभागको टोलीले पाएको थियो । छापा मार्ने क्रममा अनुमति लिएको तर, तोकिएको मितिभन्दा अगावै अन्तर्वार्ता लिएको पाइएको विभागले जनाएको छ । त्यसरी तोकिएको मितिभन्दा बाहिर गएर अन्तर्वार्ता लिन पाइँदैन । उक्त कम्पनीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।

मेनपावर कम्पनीले एउटा कम्पनीको विज्ञापन देखाएर अर्को कम्पनीको लागि अन्तर्वार्ता लिएको पाइएको बिभागले जनाएको छ । अन्तर्वार्ताका लागि आएकाहरूलाई हादी हमाद कम्पनीको अन्तर्वार्ता लिए पनि म्यानपावरले विभागको टोलीलाई AL-TAWI FOR BULDING AND CONSTRUCTION CO.LTD को लागि भन्दै विज्ञापन देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै