१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा सरकारी कार्यालयमा दरबन्दीअनुसार १२१ जनाको पद रिक्त

१० आश्विन २०७३, सोमबार ११:०८

असोज १०, रोल्पा । रोल्पा जिल्लाका १० वटा सरकारी कार्यालयमा मात्र दरबन्दीअनुसार ११४ जनाको पद रिक्त रहेको सम्बन्धित कार्यालयले जनाएका छन् । 

लामो समयदेखि दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति हुन नसक्दा हरेक सेवा प्रवाहमा कठिनाइ हुने गरेको कार्यालय प्रमुखहरुको गुनासो छ । 

“हामीले हाम्रा कार्यालयबाट सकेजति सेवा प्रवाह गरिरहेका छौँ तर रिक्त पद पूर्ति हुनसके सेवाग्राहीलाई अझ सहज रुपबाट सेवा प्रदान गर्न सकिने थियो” – प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले भन्नुभयो । 

उहाँका अनुसार जिप्रका रोल्पालगायत मातहतका एकाइमा ४४ जनाको पद रिक्त रहेको छ । जसअन्तर्गत प्रहरी निरीक्षक दुई, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी हवल्दार १८ र प्रहरी जवान २१ गरी ४४ जनाको पद रिक्त रहेको हो । 

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा जनस्वास्थ्य अधिकृत एक, मेडिकल रेकर्डर एक, प्यारामेडिक्स १२ र कार्यालय सहयोगी चार गरी जम्मा १८ जना कर्मचारीको पद रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिनुभयो । 

यस्तै जिल्ला कृषि विकास कार्यालयमा बागवानी विकास अधिकृत एक, योजना अधिकृत दुई, प्राविधिक सहायक पाँच, नायब प्राविधिक सहायक तीन र कार्यालय सहयोगी तीन गरी जम्मा १४ जनाको पद रिक्त रहेको कार्यालयका प्राविधिक सहायक महेन्द्र पुनले जानकारी दिनुभयो । 

यसैगरी जिल्ला शिक्षा कार्यालयमा शाखा अधिकृत दुई, विद्यालय निरीक्षक चार, लेखा अधिकृत एक, प्राविधिक सहायक तीन गरी जम्मा १० जनाको पद रिक्त रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी जिविसको कार्यालय रोल्पा र मातहतका गाविसका कार्यालयमा पनि करिब एक वर्षदेखि योजना अनुगमन तथा प्रशासकीय अधिकृत एकसहित अन्य सातजना गाविस सचिवको पद रिक्त रहेको स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिनुभएको छ । 

यस्तै जिल्ला वन कार्यालय रोल्पामा फरेस्टर चार, खरिदार एक, वन रक्षक दुई र सहायक वन अधिकृत तीन गरी १० जनाको पद रिक्त रहेको जिल्ला वन कार्यालय रोल्पाका निमित्त जिल्ला वन अधिकृत भीमबहादुर कालीकोटेले जानकारी दिनुभयो । 

जिल्ला पशु सेवा कार्यालय रोल्पामा अधिकृत एक, नायब पशु सेवा तथा नायब पशु स्वास्थ्य प्राविधिक छ गरी जम्मा सातजनाको पद रिक्त रहेको जिल्ला पशु सेवा कार्यालय रोल्पाका कार्यालय प्रमुख नन्दलाल चौधरीले जानकारी दिनुभयो । 

यसैगरी जिल्ला प्राविधिक कार्यालय रोल्पामा इन्जिनियर दुई, असिस्टेन्ट इन्जिनियर दुई र कम्प्युटर अप्रेटर गरी पाँचजनाको पद रिक्त रहेको छ । 

यसैगरी जिल्ला भू–संरक्षण कार्यालयमा भूसंरक्षक सहायक दुईजनाको पद रिक्त रहेको कार्यालय प्रमुख प्रदीपकुमार मिश्रले जानकारी दिनुभयो । 

यीबाहेक अन्य धेरै कार्यालयमा पनि दरबन्दीअनुसार पदपूर्ति हुन सकिरहेको छैन । सभामुख, उपराष्ट्रपति तथा उपप्रधानमन्त्रीको जिल्लाका कार्यालयमा यस्तो अवस्था छ भने अन्य जिल्लाको अवस्था कस्तो होला सेवाग्राहीको प्रश्न छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी