असोज १०, काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको ए३२०-२२० जहाज काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

लुम्बिनी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको ए३२०-२२० जहाज काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

लुम्बिनी "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ सय ६३ जना सवार नेपाल एयरलाइन्सको जहाजमा धुवाँ निस्किएपछि…

१० आश्विन २०७३, सोमबार ११:५९


असोज १०, काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको ए३२०-२२० जहाज काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । चालकदलका सदस्यसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा रहेको अवस्थामा धुवाँ देखिएको थियो ।

क्याप्टेन फ्रयाङकोइस फेनार्टले कमाण्ड गरेको कल साइन ९ एन- एकेएक्स भएको जहाज अवतरणका लागि आउँदै गर्दा १२ हजार ५ सय फिट उचाइमा ककपिट भित्र धुवाँ निस्केको सूचना आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

'त्यसो हुना साथ क्याप्टेनले आकस्मिक अवतरण गर्न टावरसँग अनुमती मागे', ठाकुरले भने-, 'त्यसपछि हामीले विमानस्थल पूर्णरुपमा बन्द गरेर जहाजलाई आकस्मिक अवतरण गरायौं, जहाज, चालकदल र यात्रु सबै सकुशल छन् ।'

उनका अनुसार दिउँसो ३:२९ मा क्याप्टेनले आकस्मिक अवतरणको अनुमति मागेका थिए । त्यसपछि ३:५० बजे जहाज अवतरण भएको थियो । विमानलाई सुरक्षित अवतरण गराउन काठमाडौंमा ल्याण्ड हुन लागेको फ्लाइ दुबईलाई लखनउ डाइभर्ट गरिएको थियो । काठमाडौंबाट हुने सबै उडान पनि रोकिएको थियो ।

‘नेपाल एयरलाइन्सको विमान आकस्मिक अवतरण गर्ने क्रममा धावनमार्गमा दमकल, एम्बुलेन्स लगायतका आवश्यक सबै तयारी गरिएको थियो । अहिले निगमक यो जहाज ग्राउण्डेड छ । निगमका इन्जिनियरहरुले जहाजमा के समस्या आएको हो त्यसको खोजी गरिरहेको ठाकुरले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…