मोहम्मद ईजहार शेष/असोज १०, परासी । पश्चिमाञ्चल विकास क्षेत्रकै एकमात्र ईलम प्रशिक्षण केन्द्र नवलपरासीमा वि .सं २०७२ देखि हालसम्म २ सय ४० जना महिलाहरु सिलाई कटाईम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/असोज १०, परासी । पश्चिमाञ्चल विकास क्षेत्रकै एकमात्र ईलम प्रशिक्षण केन्द्र नवलपरासीमा वि .सं २०७२ देखि हालसम्म २ सय ४० जना महिलाहरु सिलाई कटाईम"/>
2026-09-19 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको ईलम प्रशिक्षणले दिएको सिलाई तालिमको उप्लब्धी न्युन

मोहम्मद ईजहार शेष/असोज १०, परासी । पश्चिमाञ्चल विकास क्षेत्रकै एकमात्र ईलम प्रशिक्षण केन्द्र नवलपरासीमा वि .सं २०७२ देखि हालसम्म २ सय ४० जना महिलाहरु सिलाई कटाईमा निशुल्क तालिम लिएका छन् । 

उक्त तालिमहरुमा विशेष गरि रामग्राम नगरपालिका नवलपरासीको आर्थिक सहयोग रहेको छ भने नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग बाणिज्य संघ नवलपरावसीले पनि केही आर्थिक सहयोग गर्दै आएको छ ।

सो अवधिमा करिब साढे ६ लाखको लगानीमा खास गरी रामग्राम नगरपालिका भित्रका महिलाहरुलाई दिएको तालिममा तालिम प्राप्त महिलाहरु अहिले तालिमवाट सिकेका शिपलाई ब्यवहारमा परिवर्तन गर्न सकेका छैन्न । 

विशेष चासोका साथ तालिम दिने संस्था ईलम प्रशिक्षण केन्द्र नवलपरासीपनि तालिम दिसकेपछि परशिक्षार्थिहरुको अनुगमनको पाटो निकै कमजोड गरेको छ । तालिम दिसकेपछि महिलाहरुलाई स्वरोजगार बनाउने उद्धेष्यले सञ्चालन गरेको तालिमको उपलब्धी खासै देखिन सकेको छैन । 

खासगरि विपन्न बर्गका महिलाहरुलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको तालिमका तालिम प्राप्त परशिक्षाथिहरु धेरै जसो आर्थिक अभावका कारण सिलाई मेसिन किन्न नसकेर घरमा आराम गरि रहेको अवस्था छ भने केहि महिलाहरु मात्र तालिम पाएपछि अहिले सिलाई गरेपनि त्यो पेशालाई ब्यवसायिक बनाउन सकेका छैन्न । 

तालिम दिएपछि केन्द्रको अनुगमनको कमि  र तालिमपछि केहि आर्थिक अभावका कारण परशिक्षाथिहरुले सिकेको शिप ब्यवहारमा परिवर्तन नहुँदा उनिहरुको शिप दिनप्रति हराउदै गएको छ । तालिम प्राप्त धेरैजसो परशिक्षार्थिहरु अहिले सिप विर्सिसकेका छन् । 

परशिक्षार्थिहरु बारे जानकारी गराउदै ईलम परशिक्षण केन्द्र नवलपरासीका प्रमुख सुरेश पासवानले भने, “ वि.सं २०६४ सालमा स्थापना भएको यस ईलम परशिक्षण वाट तालिम लिएका केहीले मात्र ब्यवसायिक सिलाई कटाई गरेपनि , २०६८ साल यता तालिम प्राप्त परशिक्षार्थि ब्यवसायिक रुपमा लागेका छैन्न । 

त्यस्तै ईलम परशिक्षण केन्द्र नवलपरासीले एड्भान्स सिलाई कटाई , बेसिक कम्प्युटर कोर्स , कुसन बनाउने तालिम , ब्युटि पार्लर तालिम लगायतका विभिन्न निशुल्क र शशुल्क तालिम दिदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई