३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘मोचा’ आँधीका कारण बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा व्यापक क्षति

१ जेष्ठ २०८०, सोमबार ०७:५७

जेठ १, ढाका | बङ्गालको खाडीमा एक दशक यताकै सबैभन्दा ठूलो आँधी ‘मोचा’ले आइतबार म्यानमार र दक्षिणपूर्वी बङ्गलादेशमा क्षति पु¥याएको छ ।

करिब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले विशेष गरी बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्ला र यसको अपतटीय टापुमा अत्यधिक क्षति पुगेको जनाइएको छ ।

कक्स बजार जिल्लाका डेपुटी कमिस्नर तथा डिस्ट्रिक्ट म्याजिस्ट्रेट शाहीन इमरानले सिन्ह्वालाई बताएअनुसार आँधीले घर र बालीनालीमा क्षति पु¥याएको छ र रुखहरु ढलेका छन् । 

अधिकारीका अनुसार कक्स बजारमा आएको आँधीका कारण कम्तीमा १२ हजार घर पूर्ण वा आंशिक रुपमा ध्वस्त भएका छन् ।

उहाँले प्रभावित विकट क्षेत्रबाट जनधनको क्षतिका बारेमा आधिकारिक च्यानलमार्फत सूचना सङ्कलन भइरहेको जानकारी दिनुभयो । म्यानमारबाट आएका करिब १० लाख रोहिङज्या शरणार्थी रहेको बङ्गलादेशको कक्स बजार जिल्लाको शिविरमा रहेका सयौं अस्थायी आश्रयस्थलमा पनि क्षति पुगेको छ ।

अधिकारीहरूले आँधीका कारण प्रभावित क्षेत्रमा कुनै हताहती नभएको बताएका छन् ।

बङ्गलादेशका विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले कोक्स बजार जिल्लामा प्रभावितलाई सहयोग गर्न पर्याप्त कदम चालेको बताउनुभएको छ । 

कोक्स बजारको तटीय जिल्ला र सेन्ट मार्टिन टापुसहित यसको अपतटीय टापुहरूमा खतरनाक सङ्केतसहित आँधीले अवतरण गरेको थियो । 

बङ्गलादेशको मौसम विभागका निर्देशक मोहम्मद अजिजुर रहमानका अनुसार सेन्ट मार्टिन टापुमा हावाको गति स्थानीय समयअनुसार आइतबार दिउँसो २ ः०० बजे अधिकतम १४७ किलोमिटर प्रतिघण्टा पुगेको थियो । राजधानी ढाकाबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय कक्स बजार जिल्लाको सेन्ट मार्टिन टापुमा व्यापक बाढी आएको टिभी फुटेजमा देखिएको छ । 

मोचाले देशको अन्तिम सीमा पार गर्न थालेको छ, यसको आधा भाग म्यानमारतर्फ र बाँकी आधा बङ्गलादेशतर्फ गएको छ । बङ्गलादेशको कक्स बजार र म्यान्मारको सिट्वेको बीचमा १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बतास चलेको रहमानले बताउनुभयो । 

उहाँले मोचा पहिले नै कमजोर भइसकेको तर बङ्गलादेशको राजधानी ढाकालगायत केही स्थानमा सोमबार पनि मौसम खराब रहने उहाँले बताउनुभयो । 

बङ्गालको खाडीमा माछा मार्ने डुङ्गा, र सामुद्रिक पानीजहाजलाई अर्को सूचना जारी नभएसम्मका लागि सुरक्षित स्थानमा बस्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ