2026-09-24 02:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार विभागको महानिर्देशकमा दहाल, बेथिति नियन्त्रणमा ध्यान देलान् ?

जेठ २, काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा मदन दहाल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव दहाललाई विभागमा पठाइएको हो । 

दहाल राजश्व अनुसन्धान विभागको महानिर्देशक बनेर श्रम मन्त्रालयमा सरुवा भई आएका हुन् । केही समय मात्र मन्त्रालयमा बसेका दहाललाई मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार विभागमा पठाएका हुन्। 

दाहाललाई महानिर्देशकमा नियुक्त भएपछि ९ महिनादेखि बिभाग सम्हालिरहेका महानिर्देशक उमाकान्त आचार्यलाई मन्त्रालय तानिएको छ । 

नयाँ महानिर्देशकले बेथिति नियन्त्रणमा ध्यान देलान् ? 

यस अघि प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखा प्रमुख रहेका दहालले राजस्व अनुसन्धान प्रमुख भएर समेत काम गरेका छन् । चर्चित नक्कली बिलको अनुसन्धान टोलीका सदस्यसमेत रहेका दहाल एनसेलको ६२ अर्व कर निर्धारण समितिमा समेत रहेका थिए । 

बिभागमा महानिर्देशकका रुपमा नियुक्त भएसंगै दहालको कार्य-कौशलता कति छ भन्ने थाहा हुने भएको छ । वैदेशिक रोजगारमा रहेका अनेकन बेथितिलाई दहालले चुपचाप सहन्छन् वा केहि गरेर देखाउँछन् हेर्न बाँकी छ । वैदेशिक रोजगार अन्तर्गत अनुगमनको कार्य निष्क्रिय जस्तै भएको, वैदेशिक रोजगार क्षेत्र अन्तर्गत म्यानपावरले गर्नुपर्ने काम कन्सल्टेन्सीहरुले गर्दै आएको, व्यक्तिगत श्रम स्वीकृतिको नाममा वैदेशिक रोजगारको ठगि ब्याप्त रहेको जस्ता बेथिति वैदेशिक रोजगार क्षेत्रमा छन् । त्यस्तै अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुले तालिम नै नदीई प्रमाणपत्र बाड्दै ठगि गर्दै आएकोमा बिभागकै अधिकारीहरुले सेटिङलाई प्रश्रय दीएर खाई-पाई आएको  तथा वैदेशिक रोजगारमा नीतिगत धेरै कुराहरुमा बिभाग सेटिङमा चल्दै आएको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी