2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

बालिघाट पर्यटकीय क्षेत्रका रुपमा स्थापित

असोज ११, रामपुर (पाल्पा) । कालीगण्डकी नदीको किनारमा अवस्थित बालिघाट क्षेत्रलाई धार्मिक एवम् पर्यटकीयस्थलका रुपमा विकास गरिएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा स्थापना गरेपछि विगत दुई वर्षयता पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ । बालिघाट धार्मिक क्षेत्र संरक्षण समितिको पहलमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि रमणीय बनेको बालिघाट क्षेत्रले धेरैको मन लोभ्याएको छ । 

स्थानीयवासीको पहलमा सरकारी एवम् गैरसरकारी सङ्घ संस्था र स्थानीयको सहयोगमा बनेको शिवालय मन्दिर, बाल उद्यान, दरै संस्कृतिमा आधारित घुमाउने घर, पिकनिक स्थल, प्रतिक्षालय, हरियाली आँपको बगैँचा, बालुवामा खेलिने भलिबल कोर्ट, हरियाली घाँसेमैदानसहितको जङ्गल, संस्थाको कार्यालय निर्माण गरिएपछि यस ठाउँको सुन्दरतालाई अझ मनमोहक पारेको स्थानीय वीरबहादुर विसीले बताउनुभयो । 

बालिघाट क्षेत्रमा रहेको शिवालय मन्दिरमा पूजापाठ गर्न र वनभोजका लागि आउनेको सहभागिता बढ्दो छ । कालिनदीको चिसो, शान्त, मनोरम दृश्यसँगै मनै लोभ्याउने खालको बालिघाट क्षेत्रमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विभिन्न स्थानका विद्यालय, सङ्घसंस्था, व्यक्ति अवलोकन गर्न र पिकनिकका लागि आउने गर्दछन् । 

वाल्मिकी ऋषिले तपस्या गरी ज्ञान प्राप्त गरेको धार्मिक किम्वदन्ती रहेको बालिघाटमा शनिबार पिकनिक आउनेको चहलपहल हुने गरेको बालिघाट संरक्षण समितिका अध्यक्ष भानुभक्त ओझाले बताउनुभयो । 

कालिगण्डकी नदीबेँसीमा रहेका यस्ता धार्मिक तथा साँस्कृतिक स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्नसके थप गाउँको विकासमा टेवा पुग्ने थियो । बालिघाट जस्तै थुप्रै धार्मिक, ऐतिहासिक, मनोरम क्षेत्रको विकास गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्रिँदा व्यापार व्यवसाय फस्टाउने थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई