2026-09-24 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कतार रोजगारको प्रलोभनमा ठगिए युवा

जेठ ४, काठमाडौँ । कतार पठाइदिने प्रलोभनमा काठमाडौँ स्थित जोङ्गडंग म्यानपावरका म्यानेजिङ डाइरेक्टर बताउने चक्र निरौलामार्फत एक युवाले ठगिएको गुनाशो गरेका छन् । 

पीडितका अनुसार कतार रोजगारको लागि एक सातामा काम गरिदिने भनेर दुई लाख सात हजार अग्रिम अशुली गरेर ठगिमा संलग्नहरुले पछि एक महिनासम्म पनि पठाउन सकेनन् । पैसा अशुली गरेको एक महिनापछि वैदेशिक रोजगारमा जान आउ भनि काठमाडौँ बोलाएर २८ दिनसम्म काठमाडौँमै आज र भोलि भन्दै बहाना बनाई राखिएको पीडितको गुनाशो छ । २८ दिन काठमाडौँमा बस्दा ३५ हजार सकिएको पीडित बताउँछन् । त्यसपछि पनि अन्तिममा मेडिकलमा समस्या भएको बहाना बनाएर अग्रिम अशुली गरि ठगि भएको पैसा समेत फिर्ता नगरेको पीडितको गुनाशो छ । 

ठगि गर्नेहरुले ६ महिनादेखि आफ्नो पैसा फिर्ता नगरेको कारण आफू पीडित बनेको पीडितको गुनाशो छ । पछिल्लो समय पिडितको फोन समेत नउठाएको साथै ठगिमा संलग्न अर्का  प्रदिप पौडेल कतार भागिसकेको पीडितले बताए । पीडितले नियोजित रुपमा सम्बन्धित म्यानपावरका म्यानेजिङ डाइरेक्टर बताउने निरौला मार्फत आफू ठगिएको बताएका छन् । 

* यसै सम्बन्धमा प्राप्त जानकारी अनुसार सम्बन्धित म्यानपावरका संचालक मदन कुमार तामाङले तीन महिना अघि म्यानपावर बेचिसकेको जानकारी प्राप्त भएको छ । अहिले उक्त म्यानपावर किन्ने संचालकले पहिलेको संचालक तथा उनको नेतृत्वमा रहेका कर्मचारीहरुले गरेको गलत क्रियाकलापको आरोप नलगाउन आग्रह गरेका छन् । साथै पीडित पक्षबाट अशुली भएको रकम फिर्ता गराउन आफ्नो पहल रहने उनले बताएका छन् । 

* सच्याइएको ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी