२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जलजला क्याम्पसलाई आङ्गिक बनाउने निर्णयप्रति असन्तुष्टि

११ आश्विन २०७३, मंगलवार ०५:३८

उमा केसी/असोज ११, रोल्पा । जलजला बहुमुखी क्याम्पस, रोल्पाले त्रिभुवन विश्वविद्यालयबाट लिएको सम्बन्धन त्याग्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बन्ने निर्णयप्रति विद्यार्थीले असन्तुष्टि जनाएका छन् । 

विद्यार्थीलाई आधिकारिक जानकारी बिना नै हस्ताक्षर गराई आङ्गिकका लागि सो हस्ताक्षर प्रयोग भएको भन्दै विद्यार्थीले असन्तुष्टि जनाएका हुन् । क्याम्पसलाई कुन विश्वविद्यालयको आङ्गिक बनाउँदा फाइदा हुन्छ सोबारे व्यापक छलफल गर्नुपर्नेमा त्यसो नभएको बिएड तेस्रो वर्षका विद्यार्थी विनोद डाँगीले बताउनुभयो । क्याम्पसको सबैभन्दा नजिकको सरोकारवाला विद्यार्थी भए पनि विद्यार्थीलाई सोबारे जानकारी नहुनु दुःखद् रहेको डाँगीले बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालयबाट हटाई मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउन नहुने भन्दै विद्यार्थीले बैठक बहिस्कार गरेका थिए । नियमित विद्यार्थीलाई जानकारी नै नदिई परीक्षा दिन आएका विद्यार्थीलाई हस्ताक्षर गराएको बिबिएस पहिलो वर्षका विद्यार्थी विशाल केसीले बताउनुभयो । विद्यार्थीलाई राम्रो हुने निर्णय गर्न लागेको भन्दै हस्ताक्षर गर्न लगाएको अर्का विद्यार्थी सीता केसीले बताउनुभयो । 

यस विषयमा जलजला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेसँग प्रतिक्रिया बुझ्दा विद्यार्थीसँग यथेस्ट समन्वय भएको बताउँदै सुरुमै विद्यार्थीको भेलाद्वारा करिब २०० विद्यार्थीको उपस्थितिमा निर्णय भएको जानकारी दिनुभयो । 

हाल त्रिभुवन विश्वविद्यालयको प्रस्तावित क्याम्पस मात्र भएको हुँदा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक भए सरकारी सेवा सुविधासमेत प्राप्त हुने र क्याम्पसलाई दिगोरुपले सञ्चालन गर्न सकिने भएका कारण आफूहरु लागिपरेको बताउनुभयो । केही विद्यार्थी यस विषयमा प्रष्ट हुन नसकेका कारण सामान्य असन्तुष्टि आएको हुनसक्ने उहाँले बताउनुभयो । 

अहिले पनि क्याम्पसलाई आङ्गिक बनाउने प्रक्रियामा नजाने हो भने वर्षौंसम्म अवसरबाट वञ्चित हुने क्याम्पस प्रमुख न्यौपानेले बताउनुभयो । यसअघि जिल्लामा सर्वपक्षीय भेलाद्वारा जलजला बहुमुखी क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक बनाउने निर्णय भएको थियो । 

सरकारले चालु आवमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १० वटा क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक बनाउने गरी कार्यक्रम तय गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य