2026-07-07 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

जापानबाट रोजगारीको प्रलोभन देखाएर साढे २ करोड ठगी आरोपमा एक जना पक्राउ

जेठ ८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी रहेका छन् ।

उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार ३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । एक वर्षदेखि फरार अवस्थामा रहेका राजवंशीलाई शनिबार विराटनगरबाट पक्राउ गरिएको दाहालले बताए ।


बैदेशिक रोजगारीका लागि जापानमा रहेका उनले राजवंशी कोटामा जापान लैजाने भन्दै राजवंशी समुदायका युवाहरुलाई प्रलोभनमा पारेका थिए । ठगी प्रकरणमा उनका भाइ, बुहारी र बहिनी पनि आरोपित छन् । एक वर्षअघि जापानमा बसेर उनले आफन्त र साथीभाइलाई फोन गरेर जापान लैजाने लोभ देखाएका थिए ।

अजयबाट ठगीएको बताउने सुनबर्सी नगरपालिका–३ का मदनकुमार राजवंशी अजयकै साथी हुन् । निजी विद्यालय पढाउने मदनलाई २०७९ वैशाखमा जापानबाट अजयले फोन गरेर रोजगारीको अफर गरेका थिए । मासिक २ लाख ५० हजार तलब आउने भन्दै त्यसका लागि १६ लाख रुपैयाँ खर्च गर्नुपर्ने बताए ।

जापान जाने आशाम जग्गा र स्कुटर बेचेर उनले १६ लाख रुपैयाँ बुझाए । तीन महिनाभित्र विदेश उडाउछु भन्ने अजय सम्पर्कविहीन भएपछि आफू ठगिएको थाहा पाएको मदनले बताए । मदनजस्तै १६ लाख रुपैयाँ बुझाएका विवेक राजवंशी पनि आफू ठगिएको बताउँछन् ।

रंगेली नगरपालिका-९ का हरि राजवंशीले पनि अजयलाई पाँच लाख रुपैयाँ बुझाएको बताएका छन् । वैदेशिक रोजगारीका लागि कतारमा रहेका उनलाई अजयले फोन गरेर जापान बोलाएपछि कतार पुगेको १० महिनामै नेपाल फर्किए । इलेक्ट्रिक कम्पनीमा मासिक एक लाख ५० हजार रुपैयाँ तलब पाउने लोभ देखाएपछि काम छाडेर फर्किएको हरिले बताए ।

अजयले एक जना व्यक्तिबाट न्यूनतम पाँच लाख देखि १६ लाख रुपैयाँसम्म असुल गरेको पीडितले उजुरीमा उल्लेख गरेका छन् । अजयसँगै उनका भाइ रञ्जित, भाइ बुहारी अनुराधा र बहिनी विद्यासहित ६ जनाविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी परेको थियो । अजयका बाबु विसमलाल भने केही महिनाअघि पक्राउ पछि हाजिर जवानीमा छुटेका थिए ।

अजयले जापान बसेर व्यक्तिगत रुपमा सम्पर्क गरेर रोजगारीको प्रलोभन देखाएर ठगी गरेको पाइएको डीएसपी दाहालले बताए । ‘व्यक्तिगत रुपमा सम्पर्क गरेर अफर गर्दै ठगी गरेको देखिन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने