2026-06-28 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यात्रुले हवाई जहाजको सिट छेउमै पिसाब फेरे, भयो यस्तो सजाय

जेठ ८, काठमाडौँ | एकजना व्यक्ति आफ्नी पत्नीसँग हवाई जहाजको यात्रा गरिरहेका थिए । यात्राका क्रममा उनले मनग्गे मदिरा पिए । र, रक्सीको नशामा लठि्ठएर आफु बस्ने जहाजको सिटमै पिसाब गरिदिए । यत्तिले मात्र पुगेन । उनले एयर होस्टेसलगायतका विमान कर्मचारीहरुमाथि पनि दुर्व्यवहार गरे ।

आफ्नो त्यो गम्भीर गल्तीको सजाय अन्ततः उनले भोग्नुपरेको छ । विमानको सिटमै पिसाब गर्ने ती व्यक्तिविरुद्ध अदालतले सजाय सुनाएको छ ।


यो घटना बेलायतमा भएको हो । विमानको सिटमै पिसाब फेर्ने ३९ वर्षीय यात्रुको नाम लयड जोन्सन हो । उनी बिदा मनाउनका लागि दुबई गएका थिए । बिदा मनाएर बेलायत फर्किने क्रममा उनले जहाजमा त्यस्तो हर्कत गर्नपुगे । गत जनवरीमा भएको उक्त घटनाका सम्बन्धमा परेको मुद्दामा अदालतले हालै फैसला सुनाएको छ ।

फैसलामा उल्लेख भए अनुसार जोन्सनले यात्राका क्रममा विमानमा यतिधेरै मदिरा सेवन गरेका थिए कि आफ्नो खुट्टामा उभिन पनि मुस्किल परिरहेको थियो । उनले विमानका अरु यात्रुहरुलाई पनि निकै दिक्क लगाए र पूरै उडान अवधिभर हंगामा गरे ।

उनले विमान अवतरण भएपछि पनि विमानको ट्वाइलेटमा गएर पिसाब गर्न पाउनुपर्ने जिद्दी गर्न थाले । तर विमान कर्मचारीले उनलाई रोकेपछि जोन्सनले विमानको सिटको बीचमा रहेको ग्यालेरीमै पिसाब फेरिदिएका थिए ।

वास्तवमा जहाज अवतरण गरिसकेपछि जहाजको शौचालयमा दिसा पिसाब गर्न निषेध गरिन्छ । अभद्र तथा अनैतिक काम गरेका जोन्सनलाई विमानबाट ओर्लिने बित्तिकै प्रहरीले पक्राउ गरेको थियो ।

उक्त घटनामा अदालतले उनलाई १२ महिनाको सामुदायिक सजाय सुनाएको छ । तर उनले अरु कसैलाई हानी नपुर्‍याएको देखिएपछि उनी जेल जानबाट बचे । उनलाई १२ महिनाको सामुदायिक सजायका साथै ८० घण्टा अवैतनिक काम गर्नुपर्ने सजाय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी