2026-07-25 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खर्च गर्ने क्षमता बढाउनुस् : मन्त्री शर्मा

जेठ ८, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले निर्धारित लक्ष्य पूरा गर्नेगरी काम गर्न निर्देशन दिनुभयो । 

“तोकिएका ‘माइलस्टोन’ पूरा गरौँ, जे लक्ष्य निर्धारण गरेका छौँ, त्यो पूरा गर्ने दिशामा अगाडि बढौँ”, उहाँले भन्नुभयो, “पुँजीगत खर्च नहुनुका कारण र समस्या छन्, तिनका बारेमा गम्भीर समीक्षा गरौँ ।” मन्त्रालयले लिएको लक्ष्य पूरा गर्न सबै निकायले मेहनत गरिरहेको भए पनि लक्ष्य प्राप्त हुन नसकेकामा सबैले गम्भीर भएर सोच्नुपर्ने उहाँले बताउनभुयो । 

मन्त्री शर्माले भन्नुभयो, “सबैले मेहनत गरेका छौँ, तर लक्ष्यमा पुग्न सकेका छैनौँ, पुँजीगत खर्चको लक्ष्य भेट्याउन स्पष्ट योजना ल्याउनुपर्छ ।” अन्तरनिकाय समन्वय काय  नहुँदा मातहतका निकायका काम अगाडि बढाउन समस्या भइरहेको उहाँको भनाइ थियो । 

अघिल्लो त्रैमासिक समीक्षाका क्रममा व्यक्त भएका प्रतिबद्धता अझै पूरा नभएकामा असन्तुष्टि व्यक्त गर्दै उहाँले वार्षिक समीक्षाका क्रममा मन्त्रालयले लिएका लक्ष्य पूरा भएको अवस्थामा पु¥याउन निर्देशन दिनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतले पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गरिनुपर्ने बताउनभुयो । “एकतातिर बजेट पुगेन भन्छौँ, तर खर्च गर्न सक्दैनौँ, यसमा विविध कारण छन्”, उहाँले भन्नुभयो, “समन्वय र सहकार्यको संस्कृति बढाउनुपर्छ ।” अन्तरमन्त्रालय समन्वय सहजीकरण भए निर्धारित लक्ष्य तोकिएको समयमै भेट्न सकिने उहाँको भनाइ छ । 

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बेरुजु फछ्र्योटमा तदारुकता देखाउन प्रमुखहरुलाई निर्देशन दिनुभयो । उहाँले पुँजीगत खर्च वृद्धि, राजस्व सङ्कलन वृद्धि तथा वक्यौता उठाउने विषयमा ध्यान दिन निर्देशित गर्नुभयो । डिजिटल नेपाल फ्रेमवर्कले लिएका लक्ष्य र उद्देश्य हासिल गर्न योजना आयोग र प्रधानमन्त्री कार्यालयले सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रमिला आचार्यले प्रधानमन्त्री कार्यालयले दिएको कतिपय ‘माइलस्टोन’ कार्यान्वयन नै नभएको पाइएकाले आफूले सञ्चालन गर्न सक्ने योजना मात्रै समावेश गर्न आग्रह गर्नुभयो । उहाँले अन्तरनिकाय समन्वयका लागि आर्थिक तथा पूर्वाधार हेर्ने सचिवको नेतृत्वमा रहेको निकायमार्फत समन्वय गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखले प्राप्त उपलब्धि, समस्या र समाधानका लागि गरिदिनुपर्ने पहलका लागि आग्रह गर्नुभएको थियो । त्यसअघि बैठकमा मन्त्रालय मातहतका कार्यालयले पछिल्लो त्रैमासिकमा सम्पादन गरेका कामकारबाही, प्राप्त उपलब्धिका बारेमा सङ्क्षिप्त प्रस्तुति गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक