२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबाट किन्ताङफेदी जाँदै गरेको बस दुर्घटना, १५ जना भन्दा बढीको मृत्यु

२०७३, ११ आश्विन मंगलवार ०६:५६

असोज ११, धादिङ । धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ गइरहेको बस मार्पाक गाविसको पन्तटार नजिकै आज दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । 

बा ३ ख ३३१८ नं को बस पल्टिएर दुर्घटना हुँदा १५ जनाको शव फेला परेको, १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए । 

पहिरो झरेको बाटाबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको बताइएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका पूर्वसभापति केशरीप्रसाद पन्तले जानकारी दिए । 

पहिरो पार गर्न लाग्दा बस पल्टिएर खसेको थियो । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते