2026-09-07 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फ्रान्समा छोटो दूरीको उडानमा प्रतिबन्ध, यस्तो छ कारण

जेठ १०, काठमाडौँ | फ्रान्सले कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले छोटो दूरीको आन्तरिक उडानमा प्रतिबन्ध लगाएको छ ।

दुई वर्षअघि फ्रान्सेली सांसदहरूले यससँग सम्बन्धित प्रस्तावमा मतदान गरेका थिए । रेलबाट दुई–साढे दुई घण्टामा यात्रा पूरा गर्न सकिने ठाउँमा हवाई सेवा बन्द गर्नुपर्ने प्रावधान यो प्रस्तावमा थियो ।

तर, यो प्रतिबन्धले कनेक्टिङ फ्लाइट्समा कुनै असर गर्ने छैन । तर आलोचकहरूले यसलाई ‘प्रतीकात्मक रोक’ मात्र भनिरहेका छन् ।

‘यी उडानमाथि प्रतिबन्धको प्रभाव कार्बन उत्सर्जनमा निकै कम असर पर्नेछ,’ युरोपका लागि एयरलाइन्सका उद्योग समूह प्रमुख लरेन्ट डोन्सियलले एएफपी समाचार एजेन्सीलाई भने ।

सरकारले ‘वास्तविक र अत्यावश्यक समाधान’ मा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

विश्वभरका वायुसेवा कम्पनीहरू कोरोना भाइरसको महामारीबाट प्रभावित भएका छन् । फ्लाइटरडार२४ नामको वेबसाइटका अनुसार सन् २०१९ को तुलनामा अघिल्लो वर्ष उडानको सङ्ख्या ४२ प्रतिशत घटेको छ । 

फ्रान्स सरकारले कडा नियमहरू लागू गर्न लगातार माग गरिएको थियो ।

यसै सन्दर्भमा राष्ट्रपति इमानुएल म्याक्रोनले सन् २०१९ मा ‘फ्रान्सेली नागरिक सम्मेलन अन क्लाइमेट’ गठन गरेका थिए । सम्बन्धित १५० सदस्यले चार घण्टाभित्र रेलबाट पुग्न सकिने ठाउँमा उडान रोक्न सुझाव दिएका थिए ।

तर केही क्षेत्र र वायुसेवा कम्पनीको आपत्तिपछि यसलाई घटाएर साढे दुई घण्टामा पुर्‍याइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित