झट्ट सुन्दा कुरा १५ सयको हो । तर एउटा श्रमजीवीका लागि १५ सय पनि निकै महत्त्वपूर्ण हो र यो भोगाई मैले १५ सय रुपैयाँका निम्ति पाएको हो ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... झट्ट सुन्दा कुरा १५ सयको हो । तर एउटा श्रमजीवीका लागि १५ सय पनि निकै महत्त्वपूर्ण हो र यो भोगाई मैले १५ सय रुपैयाँका निम्ति पाएको हो ।"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

श्रम स्वीकृति लिने बेला तिरेको त्यो १५ सय मैले माया मार्न सकिन, कसले फिर्ता देला ?

१४ जेष्ठ २०८०, आईतवार ०४:३८

✍️महेश्वर नेपाल |

झट्ट सुन्दा कुरा १५ सयको हो । तर एउटा श्रमजीवीका लागि १५ सय पनि निकै महत्त्वपूर्ण हो र यो भोगाई मैले १५ सय रुपैयाँका निम्ति पाएको हो ।

गएको जनवरी २० तारिखमा मेरो आफन्तको  पुनः श्रम स्वीकृति  लिइदिने क्रममा कनेक्ट आइपिएसको च्यानल प्रयोग गरेँ । पहिलेजस्तो श्रम स्वीकृति गर्न पनि कार्यालय धाउन नपर्ने र पैसा पनि कनेक्ट आइपीएस, इसेवाजस्ता माध्यमको प्रयोग गर्न मिल्ने सरकारी व्यवस्था नै छ ।

जसअनुसार मैले पनि श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमा कनेक्ट आइपीएसमार्फत १५ सय रुपैयाँ भुक्तानी गरेको थिएँ । 

तर, तिन दिनसम्म पनि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली फेमिस सिस्टममा रकम जम्मा गरेको भौचर अपडेट भएन । मेरो रकम काटिइसकेको छ तर सिस्टममा पैसा तिरेको नदेखिएपछि मैले वैदेशिक रोजगार कार्यालय ताहचलमा फोन गरेँ ।

त्यहाँको कर्मचारीले आइटी शाखामा फोन ट्रान्सफर गरिदिए । आइटीमा कुरा गर्दा कनेक्ट आइपिएसमार्फत भुक्तानी गरिएको रकमको भौचर फेमिसको साइटमा अपडेट नहुने भएकाले खल्ती या इसेवामार्फत रकम भुक्तानी गर्नुहोस् भन्नुभयो ।

मैले पुनः इसेवाबाट रकम तिरेर मेरो आफन्तको पुनः श्रम स्वीकृति लिइदिएँ । श्रम स्वीकृति प्राप्त भयो । तर मैले यसअघि तिरेको १५ सय रुपैयाँ बाँकी नै थियो ।

मैले कनेक्ट आइपिएसमा फोन गरेर आफ्नो समस्या बताएँ र इमेल गरेँ । कनेक्ट आइपिएस टिमले त्यो इमेल वैदेशिक रोजगार विभागको सूचना अधिकारीलाई फरवार्ड गरिदिए । 

मैले ताहाचल कार्यालयमा कनेक्ट आइपिएसमार्फत तिरेको पैसो कहाँबाट फिर्ता पाउँछु भनी सोध्दा उहाँहरूले यकिन जवाफ दिन सक्नु भएन ।

यताबाट उता, अनि फेरि उताबाट यता फोन ट्रान्सफर गर्ने मात्र काम भयो । मैले वैदेशिक रोजगार विभागमा फोन गरेँ । त्यहाँका महानिर्देशकसँग पनि पैसा फिर्ता कहाँबाट  फिर्ता हुन्छ भनेर साधेँ । तर उहाँले पनि यकिन जवाफ दिन सक्नुभएन । 

फेरि पनि आइटी शाखाका प्रमुखको नम्बर दिनुभयो आइटी शाखाका प्रमुखसँग बुझ्दा उहाँलाई पनि थाह रहेनछ र वैदेशिक रोजगार बोर्डमा फोन गर्न भन्नुभयो । मैले बोर्डमा फोन गरेँ । बोर्डका जिम्मेवार व्यक्ति पनि नयाँ नयाँ भएको भन्दै पुराना एक कर्मचारीलाई फोन दिनुभयो ।  ती पुराना कर्मचारीले मेरो फोन नम्बर मागे र बुझेर खबर गर्छु भने । तर आजका मितिसम्म उहाँको फोन आएको छैन । 

छ  महिना बित्यो तर न कसैले इमेलको रेस्पोन्स गर्छन् न यसो गर्नुहोस् भनेर बताइदिन्छन् ।  यस बिचमा कनेक्ट आइपिएसले फोन गरेर केही रेस्पोन्स आएमा खबर गछौं भनेको छ । 

केही सीप नलागेर गत हप्ता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको श्रम कल सेन्टरमा व्हाटस एप मार्फत सबै विवरणसहित मेसेज गरेँ । ११४१ नम्बरमा फोन पनि गरेँ । कल सेन्टरको टिमले फोन गरे र मेरो त्यो १५ सय रुपैयाँ पैसा फिर्ता नहुने बताए । 

त्यसपश्चात् मैले के कति कारणले पैसा फिर्ता नहुने र त्यसो भन्ने कर्मचारीको नाम पाउँ न भनेर सोधेँ । कल सेन्टरका कर्मचारीले थप बुझेर जानकारी गराउँछु भनेर भन्नुभयो । तर आज २ महिना बितिसक्यो फोन आएन ।

त्यसपछि कल सेन्टरको टिमले हामी थप जानकारी लिएर खबर गर्छौ भन्नुभएको पनि आज महिना दिन बित्न लाग्यो । तर फोन आएको छैन । 

यति सानो कुरा किन श्रम सचिवलाई फोन गर्नु  भनेर सरकारका सम्बन्धित निकायमा इमेल गरेँ । तर कसैले पनि इमेलको जवाफ दिनुभएन । अन्त्यमा श्रम सचिवलाई बाध्य भएर आफ्नो समस्या राखेँ । 

उहाँले भर्खरै सरुवा भएर ताहाचल कार्यालयको जिम्मेवारी सम्हाल्नुभएकी पार्वती अर्यालको नम्बर दिनुभयो । उहाँलाई दुई पटक फोन गरेँ तर उठेन । व्हाटसएपमा एउटा मेसेज गरेँ तर त्यसको पनि जवाफ केही आएको छैन । 

कुरो १५ सयको हो । यती रकम त हो नि भनेर मनले माया मार्न दिएको छैन । पैसाको भन्दा बढी त सरकारी सिस्टम देख्दा दिक्क लागेको छ ।

श्रमिकले यस्तो सानो समस्याको समाधान खोज्न खै कहाँ कहाँ जानुपर्छ होला ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य