2026-09-07 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाँचौँ उपाधि चुमेपछि धोनीको ‘मुड’ बदलियो, तत्काल सन्यास नलिने

जेठ १६, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाइ सुपर किङ्स (सिएसके)ले सोमबार राति डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई हराउँदै पाँचौं पटक उपाधि जित्त्यो । उपाधि जितेपछि टिमका कप्तान महेन्द्रसिंह धोनीले आफूले अहिल्यै सन्यास नलिने बताउँदा समर्थकमा खुसीको लहर छाएको छ।

कोलकाताको नरेन्द्र मोदी स्टेडियममा गुजरातलाई ५ विकेटले पराजित गर्दा ४१ वर्षीय कप्तान धोनीले यस सिजनपछि क्रिकेटबाट सन्यास लिने अड्कल गरिएको थियो। तर उनले समर्थकको मायाका कारण अझ एक प्रयास गर्ने बताए। उमेरले ४१ पुगिसकेका भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी अझै पनि व्यावसायीक क्रिकेटमा रमाइरहेका छन् । 

धोनी आफैले पनि कतिपय अवसरमा यस्तो संकेत गरेका थिए । तर, सोमबार राति धोनीकै कप्तानीमा चेन्नई सुपर किङ्ग्स पाँचौँ पटक आईपीएलको उपाधि जितेपछि भने एकाएक धोनीको ‘मुड’ बद्लिएको छ । उनले आफू अझै सक्रिय खेल जीवनमा रमाउन चाहेको बताएका छन् ।

धोनीले तत्काल सक्रिय खेलजीवनबाट सन्न्यास नलिने बताए । आफूले अझै पनि समर्थकहरुबाट अपार मायाँ पाइरहेकाले तत्काल खेलजीवनबाट सन्न्यास नलिने प्रतिक्रिया दिएका छन् । धोनी नेतृत्वको चेन्नईले सोमबार राति सम्पन्न आईपीएलको फाइनलमा बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको थियो ।

चेन्नईका समर्थकहरूले पनि क्लबका लागि दोहोरो खुसीको क्षण भएको प्रतिक्रिया दिँदै सामाजिक सञ्जालहरूमा खुसीयाली मनाइरहेका छन् । एकातिर चेन्नईले पाँचौँ उपाधि जितेको खुसी अनि अर्कोतिर, धोनीले तत्काल सन्न्यास नलिने खुसी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित