२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बुटवलको सुनौलो सहकारीका दुई सञ्चालक तथा कर्मचारी प्रहरी नियन्त्रणमा

२०८०, १७ जेष्ठ बुधबार ०५:२८

जेठ १७, रुपन्देही | बुटवलको सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सहकारीका सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई मङ्गलवार राती नियन्त्रणमा लिएको हो । बचतकर्ताहरूले मङ्गलवार राती सहकारीको करिब ६० लाख हिनामिना गरेको आरोप लगाउँदै सहकारी घेरेपछि बुटवलको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय रामनगरका अनुसार नियन्त्रण लिएका सिर्जना तामाङ र आर्यन क्षेत्री सहकारीका कर्मचारी र सञ्चालक दुवै भएको बताएको छ । करिब ६० लाख सहकारीले हिनामिना गरेको बचतकर्ताहरूको आरोप छ । तर कति हो भन्ने अझै खुलेको छैन । यो विषयमा आज छलफल गरिने प्रहरीको भनाइ छ ।

बचतकर्ताहरू बढी आक्रोशित भएर सहकारी घेरेपछि घटना घट्न सक्ने सम्भावना देखेर उनीहरूलाई नियन्त्रणमा लिएर सुरक्षित राखिएको रामनगर वडा प्रहरी कार्यालयले बताएको छ ।सुनौलो सहकारी जिल्ला सहकारी संघ रुपन्देहीमा दर्ता नभएको जिल्ला सहकारी संघका सदस्य गंगालाल सापकोटाले बताए । बुटवलमा दर्ता नभई बाहिर दर्ता भएर आएका सहकारीहरू धेरै समस्यामा परेका छन् । बुटवल उपमहानगरले आवश्यक कानुन नहुँदा बाहिर दर्ता भएर यहाँ आएका सहकारीलाई अनुगमन गर्न नसकेको जनाएको छ । यसअघि अन्य ५ यस्तै सहकारी समस्याग्रस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस