२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका ग्रामिण बजारमा पहिलो पटक अनुगमन

२०७३, १२ आश्विन बुधबार ०२:०३

१० बर्षसम्म कोही नगएका गाउँहरुमा एक्कासी अनुगमन गर्दा ब्यापारी चकित ।

प्रकाश बम | असोज १२, डोटी |  

संयुक्त बजार अनुगमन समितिले डोटीका ग्रामिण क्षेत्रका स्थानिय बजारमा अनुगमनलाई तिब्रता साथ अगाढी  बढाईरहेको छ । अनुगमन समितिले डोटीका बजारका साथै ग्रामिण क्षेत्रमा रहेका बजारहरुमा पहिलो पटक बजार अनुगमन गरीएको छ । यसैक्रममा मंगलबार पूर्बीचौकी क्षेत्रमा अनुगमन गरिएको समितिले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रमा घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले सानागाउँ, खिरसैन गाविसका पसलहरु तथा शान्तिनगर बजारमा अनुगमन गरेको समितिले जनाएको छ ।

जसमा १२ वटा होटल तथा किराना पसल, ८ वटा किराना पसल, २ वटा मदिरा तथा खुद्रा पसल, ३ वटा सुनचाँदी तथा कस्मेटिक पसल र एक वटा सुनचाँदी पसलमा अनुगमन गरिएको प्रशासकिय अधिकृत घिमिरेले बताईन् । जसमा ७ वटा पसलहरुमा म्याद नाघेका तथा उपभोग्य मिति नराखेका सामाग्रीहरु पाईएको उनले जानकारी दिईन् । त्यसमा चाउचाउ, बिस्कुट, नमकिन तथा दालमोठ र कस्मेटिक सामानहरु रहेको उनले बताईन् ।

यसबाहेक पसलहरुमा मूल्यसूची तथा साईनबोर्ड नराखेको, पसल दर्ता नगरेको, मदिरा र खुद्रा पसल अलग–अलग राख्नुपर्नेमा एकैठाउँमा राखेको, ढक तराजु नविकरण नगरीएको, बिल लिनेदिने नगरेको लगायतका नियमहरु उलंघन गरेको पाईएको प्रशासकिय अधिकृत घिमिरेले बताईन् । पहिलो चरणमा उनीहरुलाई चेतावनी मात्रै दिईएको छ । ब्यापारीहरुलाई कमजोरीहरु सुधार गरेर कारोबार गर्न निर्देशन गरेको र अर्को पटक पनि सोही कमजोरी पाईए कार्बाही गरीने प्रशासकिय अधिकृत घिमिरेले बताईन् ।  । सधै अनुगमन बजार केन्द्रित तथा दशैतिहार लक्षित हुने गरेको आरोप लाग्ने गरेको भएपनि यसवर्ष भने, जिल्ला प्रशासन कार्यालयले नियमित तथा गाउँकेन्द्रित भएर पनि अनुगमन गरिरहेको छ ।

यसक्रममा गाउँका ब्यापारीहरु समेत सचेत भएको प्रशासन कार्यालयको दाबी छ । १० बर्षसम्म कोही नगएका गाउँहरुमा एक्कासी अनुगमन गर्दा गाउँका ब्यापारी पनि सचेत भएकाले  यसलाई निरन्तरता दिए उपभोक्ता ठगिने समस्या समेत हट्ने प्रशासकिय अधिकृत घिमिरेको दावि रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध