2026-07-24 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कञ्चनपुरमा एकै घरका ८ जनालाई विषालु पेय पदार्थ र लड्डु खुवाएर बेहोस बनाई लुटपाट

जेठ १८, कञ्चनपुर | कञ्चनपुरमा एकै घरमा बस्दै आएका आठ जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका खगेश्वरी प्वालीको परिवारका सदस्य र डेरा गरी बस्ने समेत ८ जना बेहोस अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीका अनुसार बिहान ढिलोसम्म कोही नउठेपछि छिमेकीले घरमा हेर्दा सबै जनालाई बेहोस अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

बेहोस भेटिनेमा ७० वर्षीय गोपीसिंह प्वाली, ४० वर्षीय लक्ष्मणसिंह प्वाली, १० वर्षीया सुप्रिया प्वाली र ५ वर्षीया शुभम प्वाली रहेका छन् ।

उनको घरमा डेरा गरी बस्ने १८ वर्षीय सुवास गोतामे, २१ वर्षीया तुलसी डाँगा, सिर्जना धामी र पंकज विष्ट पनि बेहोस भेटिएका छन् । उनीहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएको डीएसपी डाँगीले बताए । अहिले उनीहरुको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

प्वालीको घरमा दुई दिनदेखि डेरा गरी बस्दै आएका दुई जना भारतीय नागरिकले भोजको नाममा विषालु पेय पदार्थ र लड्डु खुवाएर बेहोस बनाएर लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुले नगद चार हजार रुपैयाँ र १० आना बराबरको एउटा तिलहरी लुटेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक