2026-06-28 06:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अन्तरिक्षमा गएर बिहे गर्दै अमेजन सीईओ जेफ बेजोस, को हुन् उनकी प्रेमिका ?

एजेन्सी | विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिको रुपमा रहिसकेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस आफ्नो प्रेम सम्बन्धको समाचारका कारण पछिल्लो केही समयदेखि चर्चामा रहँदै आएका छन् ।

५९ वर्षीय बेजाेसले छिटै नै ती प्रेमिकासँग बिहे गर्न लागेको बताइन्छ । वास्तवमा अमेजन मालिकको त्यो बिहे कुनै सामान्य खालको बिहे त पक्कै हुनेछैन । होस् पनि कसरी ? बेजोसले पृथ्वीमा होइन कि अन्तरिक्षमा गएर बिहे गर्न सक्छन् । आफ्नै कम्पनीको रकेट चढेर अन्तरिक्षमा पुग्ने व्यक्तिको कीर्तिमान बनाइसकेका बेजोस योसँगै अन्तरिक्षमा बिहे गर्ने पहिलो व्यक्ति पनि हुनेछन् ।


बेजोसकी हुनेवाला पत्नी को हुन् त ?

बेजोसकी हुनेवाला पत्नीको नाम लरेन सान्चेज हो । ५३ वर्षीया लरेन एमी पुरस्कार विजेता पत्रकारका साथै हेलिकप्टर पाइलट पनि हुन् । लरेनले आफ्नो इन्स्टाग्राम पेजमा पछिल्लो दिनमा बेजोससँगका तस्वीर तथा भिडियोहरु शेयर गर्ने गरेकी छिन् । उनीहरुले समुद्रमा निजी याचमा चढेर विदा मनाइरहेको बेला उनीहरुको इन्गेजमेन्टको घोषणा भएको थियो ।

अमेरिकामा बस्ने लरेन सान्चेज सोसल मिडियामा निकै लोकप्रिय छिन् । इन्स्टाग्राममा उनका ३ लाखभन्दा धेरै फलोअर्स छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुका लागि रिपोर्टिङ गरिसकेकी छिन् । टेलिभिजन प्रस्तोताको रुपमा पनि उनी निकै चर्चित रहिन् ।

मिरर युकेको रिपोर्ट अनुसार ५३ वर्षीया सान्चेज र ५९ वर्षीय बेजोसको प्रेम सम्बन्धका खबरहरु पछिल्लो समयमा चर्चाको विषय बनिरहेका छन् । उनीहरु दुवै जनाको तस्वीर जब सार्वजनिक भयो त्यसमा सान्चेजको औंलामा हीराको औंठी देखियो । यति मात्र होइन उनीहरु कान्स फिल्म फेस्टिभलका बेला कान्सको तटमा याचमा आफ्नो विदा मनाइरहेको पनि देखिए ।

समाचार अनुसार उमेर छिप्पिएका बेजोस र सान्चेज छिटै बिहे गर्ने योजनामा छन्  । तर उनीहरुको बिहेको योजना सामान्य छैन । उनीहरु अन्तरिक्षमा बिहे गर्ने पहिलो जोडी हुनसक्छन् । बेजोसको कुरा गर्दा उनले यसअघि नै अन्तरिक्षको भ्रमण गरिसकेका छन् । सन् २०२१ मा उनी आफ्नो कम्पनी ब्लू ओरिजिनको न्यु शेफर्ड रकेटमा बसेर अन्तरिक्ष पुगेका थिए । उनी करीब १० मिनेटसम्म अन्तरिक्षमा रहे र १० मिनेटपछि चाहिं उनी बसेको क्याप्सुल पृथ्वीमा सकुशल फर्कियो । त्यो अन्तरिक्ष यात्रामा करीब साढे ५ अर्ब डलर खर्च लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी