४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देउवाका छोरा जयवीर र कभर गायिका शिवानाले गरे इन्गेजमेन्ट

१९ जेष्ठ २०८०, शुक्रबार १०:१२

जेठ १९, काठमाडौँ | कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग औपचारिक रुपमा इन्गेजमेन्ट गरेका छन् । बिहीबार बेलुका आयोजित भव्य समारोहमा दुवै पक्षका परिवार र आफन्त उपस्थित थिए ।


इन्गेजमेन्ट समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए । दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशीर्वाद दिएका छन् । इन्गेजमेन्टपछि आयोजित पार्टीमा अन्य अतिथि रमाइरहेको देख्न सकिन्छ ।


तस्वीरमा जयवीर र शिवानालाई टीका र मालामा देख्न सकिन्छ । जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि पारिवारिक जमघटमा बल्ल समारोह भएको हो । जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । आगामी भदौमा उनीहरुले विवाह गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

जयवीरले आफ्नै व्यवसाय चलाइरहेका छन् भने शिवानीले अनलाइनमार्फत सौन्दर्य प्रसाधनको व्यवसाय गर्छिन् । उनी कभर गायिका समेत हुन् । उनले आफ्नै युट्युब च्यानलमार्फत गीतहरु सार्वजनिक गरिरहेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ