2026-09-07 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

प्रेमिका गर्भवती हुँदा चकित परेका थिए ८३ वर्षका अभिनेता अल पचिनो, डिएनए परीक्षण गराए

एजेन्सी |  हलिउड अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन्न लागेका छन् । तर, यो खबर सुनेपछि सुरुमा उनलाई विश्वास लागेन । अल पचिनोलाई यो उमेरमा आइपुगेपछि आफू बुवा बन्छु भन्ने लागेको थिएन त्यसैले उनले परीक्षण गराउने निर्णय गरे । 

डिएनए परीक्षणमा भयो पुष्टि

यो खबर पप बेस नामको एक ट्विटर प्रयोगकर्ताले सेयर गरेको हो । यसमा लेखिएको छ, ‘८३ वर्षका अल पचिनो डिएनए परीक्षण गराउन चाहन्थे किनभने उनलाई यो उमेरमा आफू बुवा बन्न सक्छु भन्ने उनलाई लागेको थिएन ।’ 

अङ्ग्रेजी समाचार वेबसाइट टीएमजेडको रिपोर्ट अनुसार अल पचिनोलाई दुई महिनाअघि सम्म यसबारे कुनै जानकारी थिएन । यो कुरा थाहा पाएपछि उनी स्तब्ध भए । बच्चा आफ्नै हो भनेर उनले विश्वास गर्न सकेनन् । त्यसैले डिएनए परीक्षण गराए र बच्चा अल पचिनोको भएको पुष्टि भयो ।

को हुन् अल पचिनोकी प्रेमिका नूर अलफल्लाह ?

पेज सिक्सको रिपोर्ट अनुसार नूरको जो जतिसँग अफेयर रह्यो ती सबै ६० वर्षभन्दा माथिका सँग भए ।चाहे ती प्रसिद्ध गायक माइक जागर (७४ वर्ष) होउन् वा व्यापारी निकोलस बर्ग्रेन (६० वर्ष) नै किन नहुन् ।

यसबाहेक केही समयअघि उनी ९१ वर्षीय फिल्ममेकर क्लिन्ट इस्टवुडसँग पनि देखिएकी थिइन् । यद्यपि, नूरले क्लिन्ट ईस्टवुड आफ्नो पारिवारिक साथी मात्र भएको स्पष्ट पारे । नूर साधारण परिवारकी होइनन् । उनी कुवेतको धनी परिवारकी हुन् ।

अल पचिनो नूरका बुबाभन्दा जेठो हुन्

नूर र अल पचिनोको भेट कोरोना महामारीका बेला भएको थियो । यसै क्रममा दुवै एक अर्काको नजिक आए । दुबै पहिलो पटक भेनिस सहरमा सन् २०२२ को अप्रिलमा सँगै देखिएका थिए ।

त्यति बेला यी दुईलाई इटालियन रेस्टुरेन्टमा खाना खाइरहेको देखिएको थियो । त्यसपछि उनीहरूको मित्रताले सम्बन्धको नाम लियो । नूरलाई अल पचिनोको उमेरमा कुनै समस्या छैन, अल पचिनो उनको बुबाभन्दा जेठो भए पनि यसले उनीहरूको रोमान्टिक सम्बन्धमा केही दरार ल्याएको छैन ।

अल पचिनोको नाम धेरै महिलासँग जोडिएको छ

अल पचिनो यस पटक चौथो सन्तानको पिता बन्ने भएका छन् । उनले आफ्नो जीवनमा धेरै महिलालाई डेट  गरिसकेका छन् । उनले ४० वर्षीया इजरायली अभिनेत्री मीतल दोहानलाई डेट गरेका थिए । यसबाहेक उनको जोन टारेन्ट नामक एक अभिनय प्रशिक्षकसँग पनि सम्बन्ध थियो । यी दुईका छोरी  छन् । उनको नाम जुली मेरी हो । जुली मेरी ३३ वर्षकी भइन् ।

अल पचिनोले अभिनेत्री बेभर्ली डी’एन्जेलोलाई पनि डेट गरिसकेका छन् । अल पचिनो र बेभर्ली डी’एन्जेलोबाट दुई जुम्ल्याहा पनि छन् । दुवैको उमेर २० वर्ष छ । यस बाहेक जिल क्लेबर्ग, डियान किटन, पेनेलोप एन मिलर र क्याथलीन क्विनलान पनि अल पचिनोसँग सम्बन्धमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित