२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

किसानसँग अन्तरक्रिया गर्न सांसदहरु रोल्पामा

१२ आश्विन २०७३, बुधबार ०६:३५

असोज १२, रोल्पा । नयाँ संविधानअनुसार कृषि नीति तयार गर्न तथा कृषिसम्बन्धी ऐननियम संशोधन गर्नुपूर्व किसानको रायसुझाव लिने उद्देश्यले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत विकास समितिको एक टोलीले रोल्पाको लिवाङमा किसानसँग मंगलबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ । 

व्यवस्थापिका–संसद् सदस्य रामेश्वर ढुङ्गेलको नेतृत्वमा सांसद तारामान गुरुङ, पुनाराम थापा र शारदाकुमारी विश्वकर्मा सम्मिलित टोलीले यहाँका किसान, राजनीतिक दल, सरकारी सेवाप्रदायक र नागरिक समाजसँग अन्तरक्रिया गर्नुका साथै फिल्ड भ्रमणसमेत गरेको थियो । 

सुरक्षित खाद्य जनताको मौलिक अधिकारका रुपमा संविधानले प्रत्याभूत गरेको सन्दर्भमा खाद्यमा प्रयोग हुने रासायनिक विषादीलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा टोलीले अध्ययन गरी व्यवस्थापिका–संसद्मा प्रतिवेदन बुझाउने टोली संयोजक रामेश्वर ढुङ्गेलले जानकारी दिनुभयो । 

संविधान कार्यान्वयनका लागि विद्यमान ऐनकानुनसमेत समयअनुकूल परिवर्तन गर्न आवश्यक रहेकाले त्यसका लागि पहिलोपटक जनताको रायसुझावका आधारमा कृषिसम्बन्धी ऐनकानुन परिवर्तन गर्न लागिएको अर्का सांसद तारामान गुरुङले जानकारी दिनुभयो । 

अन्तरक्रिया कार्यक्रममा कृषक हिरा घलेले रासायनिक विषादी प्रयोगलाई निरुत्साहित गर्ने ऐन ल्याउन आवश्यक रहेको बताउँदै जैविक विषादी प्रयोगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो । 

कानुन संशोधन गर्दा पहिलोपटक किसानको सुझाव सङ्कलन गर्न लागिएकोमा अर्का किसान प्रथम भण्डारीले खुसी व्यक्त गर्दै कृषिलाई व्यवसायीकरण गर्न राज्यले थप लगानी गर्नुपर्ने सुझाव दिनुभयो । 

अर्का कृषक रुपलाल वलीले रासायनिक विषादीको प्रयोगले हुने असर तथा जैविक विषादीको फाइदाबारे कृषकलाई जनचेतना फैलाउने कार्यक्रम ल्याउन आग्रह गर्दै युवा पलायन रोक्न पनि कृषिमा व्यवसायीकरण गर्नुपर्ने सुझाव दिनुभयो । 

कार्यक्रममा जिल्लाको कृषि क्षेत्रमा रासायनिक विषादीको प्रयोगको विषयमा वरिष्ठ कृषि विकास अधिकृत किशोर पन्त र पशु औषधि प्रयोगका बारेमा वरिष्ठ पशु विकास अधिकृत नन्दलाल चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य