2026-09-07 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ओडिशा रेल दुर्घटनाको मुख्य कारण थाहा भयो : रेलमन्त्री अश्विनी वैष्णव

जेठ २१, काठमाडौँ । भारतका रेल मन्त्री अश्विनी वैष्णवले ओडिशाको बालासोरमा भएको रेल दुर्घटनाको अनुसन्धान पूरा भएको र यसको मुख्य कारणबारे पत्ता लागेको बताएका छन् ।

रात भरी मर्मतको कामको निगरानी गरिरहेका रेलमन्त्रीले आइतबार बिहान मिडियासँगको कुराकानीमा यसबारे जानकारी दिएका हुन् ।

उनले रात भरी एउटा लिकको मर्मत पूरा भएको बताए । उनले भने, ‘सोधपुछ पुरा भइसकेको छ । कमिस्नर (रेल सेफ्टी) ले आफ्नो पूरा इन्क्वायरी रिपोर्ट छिट्टै सुम्पिनेछन् । यो रिपोर्ट आएपछि सबै तथ्यबारे थाहा हुनेछ तर यति भयानक दुर्घटनाको मुख्य कारण भने पत्ता लागिसकेको छ ।’

बालासोर दुर्घटनामा हालसम्म २८८ जनाको मृत्यु भइसकेको छ ।

रेलमन्त्रीले बुधवार बिहानसम्म रेलको आवतजावत पूर्ण रूपमा बहाल गर्ने कोसिस भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित