2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

के स्विडेनमा यौन प्रतियोगिताको आयोजना हुन लागेकाे हाे ?*

जेठ २१, काठमाडौँ | यस हप्ताको सुरुमा स्विडेनमा यौन प्रतियोगिता आयोजना हुँदै छ भन्ने खबरले सामाजिक सञ्जाल बेस्सरी तातेको थियो । रिपोर्टमा नयाँ घोषित ‘खेल’ मा विभिन्न चरण हुने जुन ६ घण्टासम्म जान सक्ने र दर्शकहरूको भोट र प्रतिस्पर्धात्मक यौन आदानप्रदान समावेश हुने बताइएको थियो । तर यो समाचार भाइरल भएपछि फ्याक्टचेकरले यसबारे स्पष्टीकरण दिन अघि सरे । यद्यपि, दाबीमा थोरै भए पनि सत्यता छ – यस वर्ष अप्रिलमा यौन प्रतियोगिताको प्रस्ताव अस्वीकार गरिएको भने थियो ।


द स्विडिस फेडरेसन अफ सेक्सले राष्ट्रिय खेलकुद महासङ्घको सदस्य बन्नका लागि आवेदन दिएको थियो । तर  खेलकुद महासंघले सदस्यता भने प्रदान गरेन । यसका प्रमुख ड्रागन ब्राक्टिकले यस्तो प्रतियोगिता सुरु गर्ने योजना बनाएका थिए । यसअघि प्रकाशित समाचार अनुसार युरोपियन सेक्स च्याम्पियनसिपले जुन ८ देखि ६ हप्ताका लागि यौन प्रतियोगिता आयोजना गर्न लागेको छ ।  

यसका साथै, यौन प्रतियोगिताका विजेताहरू निर्णायकको प्यानलले निर्णय गर्नेछन् र दर्शकले पनि अन्तिम निर्णयलाई प्रभावित पार्न सक्नेछन् भनिएकाे थियाे ।

यसमा सहभागीहरूले आफ्नो खेलको अवधिको आधारमा दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुने पनि बताइएकाे थियाे ।

यसबारे जारी गरिएको प्रतिवेदन अनुसार दर्शकले यौन प्रतियोगिताको निर्णयलाई प्रभाव पार्नेछन् र यौन गतिविधिका थुप्रै पक्षलाई केलाउनेछन् भन्ने जानकारी दिइएकाे थियाे । दम्पतीबीचको केमेस्ट्री, सेक्सबारे ज्ञान, सहनशीलताको स्तर आदि कुरालाई ध्यानमा राखी विजेताबारे अन्तिम निर्णय गरिने पनि बताइएकाे थियाे ।

यसका साथै, रिपाेर्टमा सेक्स र कामुकता सम्बन्धी संस्कृत शास्त्र कामसूत्रको ज्ञानले पनि निर्णयमा प्रभाव पार्ने भनिएकाे थियाे । 

यस्तै आयोजकले यस्ता व्यक्तिहरूले प्रतियोगितामा महत्त्वपूर्ण भूमिका खेल्ने र खेलको नतिजालाई असर गर्ने बताएका थिए । 

* यसअघि अन्यथा हुन गएकाेमा सच्चाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक