३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

के स्विडेनमा यौन प्रतियोगिताको आयोजना हुन लागेकाे हाे ?*

२१ जेष्ठ २०८०, आईतवार ०८:३८

जेठ २१, काठमाडौँ | यस हप्ताको सुरुमा स्विडेनमा यौन प्रतियोगिता आयोजना हुँदै छ भन्ने खबरले सामाजिक सञ्जाल बेस्सरी तातेको थियो । रिपोर्टमा नयाँ घोषित ‘खेल’ मा विभिन्न चरण हुने जुन ६ घण्टासम्म जान सक्ने र दर्शकहरूको भोट र प्रतिस्पर्धात्मक यौन आदानप्रदान समावेश हुने बताइएको थियो । तर यो समाचार भाइरल भएपछि फ्याक्टचेकरले यसबारे स्पष्टीकरण दिन अघि सरे । यद्यपि, दाबीमा थोरै भए पनि सत्यता छ – यस वर्ष अप्रिलमा यौन प्रतियोगिताको प्रस्ताव अस्वीकार गरिएको भने थियो ।


द स्विडिस फेडरेसन अफ सेक्सले राष्ट्रिय खेलकुद महासङ्घको सदस्य बन्नका लागि आवेदन दिएको थियो । तर  खेलकुद महासंघले सदस्यता भने प्रदान गरेन । यसका प्रमुख ड्रागन ब्राक्टिकले यस्तो प्रतियोगिता सुरु गर्ने योजना बनाएका थिए । यसअघि प्रकाशित समाचार अनुसार युरोपियन सेक्स च्याम्पियनसिपले जुन ८ देखि ६ हप्ताका लागि यौन प्रतियोगिता आयोजना गर्न लागेको छ ।  

यसका साथै, यौन प्रतियोगिताका विजेताहरू निर्णायकको प्यानलले निर्णय गर्नेछन् र दर्शकले पनि अन्तिम निर्णयलाई प्रभावित पार्न सक्नेछन् भनिएकाे थियाे ।

यसमा सहभागीहरूले आफ्नो खेलको अवधिको आधारमा दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुने पनि बताइएकाे थियाे ।

यसबारे जारी गरिएको प्रतिवेदन अनुसार दर्शकले यौन प्रतियोगिताको निर्णयलाई प्रभाव पार्नेछन् र यौन गतिविधिका थुप्रै पक्षलाई केलाउनेछन् भन्ने जानकारी दिइएकाे थियाे । दम्पतीबीचको केमेस्ट्री, सेक्सबारे ज्ञान, सहनशीलताको स्तर आदि कुरालाई ध्यानमा राखी विजेताबारे अन्तिम निर्णय गरिने पनि बताइएकाे थियाे ।

यसका साथै, रिपाेर्टमा सेक्स र कामुकता सम्बन्धी संस्कृत शास्त्र कामसूत्रको ज्ञानले पनि निर्णयमा प्रभाव पार्ने भनिएकाे थियाे । 

यस्तै आयोजकले यस्ता व्यक्तिहरूले प्रतियोगितामा महत्त्वपूर्ण भूमिका खेल्ने र खेलको नतिजालाई असर गर्ने बताएका थिए । 

* यसअघि अन्यथा हुन गएकाेमा सच्चाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट