२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

सिंगापुर लैजाने भन्दै ३९ जनाबाट ४ करोड ठगी, अपराध गर्दै छुट्दै फेरी अपराधमै संलग्न

२२ जेष्ठ २०८०, सोमबार १७:४५

जेठ २२, काठमाडौँ । आफूलाई नेपालकै कान्छा पत्रकार भन्दै परिचय दिँदै कुनै ताका गिनिज बुकमा नाम लेखाउने भन्दै चर्चामा आएका सुजन आचार्यले पछिल्लो पटक सिंगापुर बसेर करोडौं ठगी गरिरहेको पीडितहरुले बताएका छन् । आचार्यबाट ठगिएका युवाहरुले काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरेर आफूहरुबाट ४ करोड ३० लाख भन्दा ठगिएको बताएका छन् । 


ठगिमा संलग्न आचार्यले सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको सञ्चालक रहेको र त्यहाँ रोजागर लगाइदिने भन्दै आचार्यले पीडितहरुसँग १ देखि ४ लाखसम्म मासिक तलब कमाई हुने भन्दै केहीलाई भिजिट भिसामा सिंगापुरमै पुर्याएर ठगि गरेको पाइएको छ । आचार्यले सुरुमा एक जनालाई आफ्नो जालमा पारेपछि उसैको प्रयोगबाट अरुलाई जोड्ने गरेको समेत पाइएको छ । यसरी आचार्यले एकै व्यक्तिबाट ७ देखि ५४ लाखसम्म अशुलेको पाइएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका–१० स्थायी घर भई हाल सिंगापुर बस्दै आएका आचार्यले प्रेमिका भनेर चिनाएका बिनु शाक्य र सानिमाको छोरा सृजन निरौला लगायतलाई परिचालन गरेर ठगी गरेको उनीहरूको आरोप छ । जसमध्य सृजन निरौला अहिले पक्राउ परिसकेका छन् । 

रोजगारको प्रलोभन दिने क्रममा सुजनले आफैले सिंगापुरमा कम्पनी खोलेको र त्यसैको लागि कामदार चाहिएको भनेका थिए । आचार्यले नेपालको कालो धन सेतो बनाउनको लागि आफूले सिंगापुरमा बिभिन्न ठाउँमा लगानी गरेको समेत बताएका थिए ।  

पैसा अशुली गर्ने क्रममा सुजनले ट्राभल हिस्ट्री बनाउने भनि भिजिटमा लाने गरेको पाइएको छ । ठगिमा संलग्न रहेको आरोपित सुजनले सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको आफू मालिक रहेको बताएका थिए । त्यसै कम्पनीको नक्कली कागजात समेत बनाएको पीडितहरुले बताएका छन् । पीडितहरुबाट ठग्ने उनले दैनिक लाख लाख खर्च गर्ने गरेको समेत पीडितहरुले जनाएका छन् । 


ठगि धन्दा गर्ने क्रममा सुजनले आफ्नी प्रेमिका भनिएकी बेली डान्सरसमेत रहेकी बिनु शाक्य र भाइ सृजन निरौलाको खातामा पैसा पठाउन लगाउने गरेको पाइएको छ । धेरै जसोले बिनु शाक्यको नेपालस्थित इन्भेस्टमेन्ट बैंकको खातामा पैसा जम्मा गरिदिएको पाइएको छ । प्रहरीले पिडितहरुलाई दिएको जानकारी अनुसार सुजन अहिले नेपाल वा भारतमा छन् तर सुजनले आफूहरुलाई सिंगापुरमा रहेको बताईरहेको पीडितहरुको भनाई छ । पीडितहरुले आफूहरु ठगिएको बिषयमा बैदेशिक रोजगार बिभाग र प्रहरीमा समेत उजुरी दिईसकेका छन् । त्यस्तै उनलाई इन्टरपोल लगाएर कारवाहीको समेत निवेदन दिएका छन् ।  

पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि उनका भाइ सृजनलाई भने प्रहरीले पक्राउ गरेको छ । सुजनलाई पनि बिभागले गत ७ जेठ २०८० मा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गर्न अनुरोध गर्दै पक्राउ पुर्जी पठाएको छ । 

ठगीमा संलग्न सुजनले ६ जना पिडीतलाई काठमाडौँ स्थित एक होटलमा अहिले पनि बन्दक जस्तै बनाएर राखेको पाइएको छ । सुजनले होटलमा राखेर गएको तर होटलमा ३ लाख भन्दा बढीको बिल उठेको तिर्न नसके पछि पीडितहरु अहिले पनि उक्त होटलले होटलबाट बाहिरिन नदिएको कारण होटलमै रोकिन बाध्य भएको गुनाशो गरेका छन् ।

ठगीमा सक्रिय सुजन यस अघि पनि दुई घटनामा मुछिएका व्यक्ति हुन् । मकवानपुरमा हिरा काण्ड र गत बर्ष समेत धम्कि दिएर ७ करोड मागेको काण्डमा उनि मुछिएका थिए । सुजन बिभिन्न राजनीतिक तथा उच्च पदस्थ अधिकारीहरुसँग राम्रो हिमचिम स्थापित गरेको कारण पटक-पटक अपराधबाट उन्मुक्ति पाउँदै आएको आरोप लगाइदै आएको छ । 

यस सम्बन्धमा पुरा भिडियो तल हेर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ