-बैकुण्ठ गिरी
कुनै समय नेपालमा दैनिक लडाई हुन्थे र मानिसहरु दैनिक मर्थे । समाचारका ठुला ठुला हेडलाईनहरु बन्थे र भनिन्थ्यो आज फलानो ठाउँमा माओवाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -बैकुण्ठ गिरी
कुनै समय नेपालमा दैनिक लडाई हुन्थे र मानिसहरु दैनिक मर्थे । समाचारका ठुला ठुला हेडलाईनहरु बन्थे र भनिन्थ्यो आज फलानो ठाउँमा माओवाद"/>
2026-09-04 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नढाटी भन प्रिय त्रिसुली आजसम्म तिमीले कति मानिसहरु निल्यौं…

-बैकुण्ठ गिरी
कुनै समय नेपालमा दैनिक लडाई हुन्थे र मानिसहरु दैनिक मर्थे । समाचारका ठुला ठुला हेडलाईनहरु बन्थे र भनिन्थ्यो आज फलानो ठाउँमा माओवादी आतंककारीहरुको आक्रमणबाट यति जना नेपाली सेना, प्रहरी वा शसस्त्रका बिर जवानहरुले बिरगती प्राप्त गरे । उस्तै माओवादीहरु तर्फ यति जनाको मृत्यु हुनुको साथै सयौंको सङख्यामा हताहत भएको खबर छ । भन्दा मन निकै भावबिह्वल हुन्थ्यो अनि लाग्थ्यो यो देशमा मानिसहरु कहिलेसम्म मर्नु पर्ने होला ।
त्यो १०÷१२ बर्षकोे अबधीमा अनेक बहानामा हजारौं नेपाली आमाका सपुतहरु मरे आज धेरैको पारिवारीक बिचल्ली भएको दैनिक संचार माध्याममा सुन्न र पढ्न पर्दा बिगत संझिएर पिडा हुने गर्छ । धेरै मानिसहरु समाज रुपाण्तरणको नाममा मरे । तिनीहरुको आज कोहि शहिदको रुपमा पुकारिएका छन् कोहि कुनै पार्टीको झण्डाले छोपिएका छन् । यी राजनैतिक कुरा भए । तर यहाँ उठाउन खोजीएको गम्भिर कुरा राजनैतिक होईन त्रिसुली नदिको हो । जहाँ सडक दुर्घटनाको नाममा दैनिक जसो मानिसहरु मरिरहेका छन् ।
प्रिय त्रिसुली यो देशमा राजनैतिक तथा सामाजीक रुपाण्तरणको लागि हजारौंको बलिदानी भएको कुरा तिमीलाई राम्रैसँग थाहा छ । तर तिमी किन केहि कुरा थाहा नभएजस्तो गरि हरेक समय नेपालीहरुलाई झस्काउने गरेर गाडीका गाडी मानिसहरुलाई आफ्नो सिकार बनाएकी छौं । अब तिमी बोल कहिलेसम्म तिम्रो काखँबाट हिड्दा हामी नेपालीहरुले असुरक्षित महसुस गर्नु पर्ने हो ?
तिमी किन दिन प्रतिदिन यति निर्दही बन्दै गएको ? तिमीले निलेका कयौं मानिसहरु अहिले कहाँ छन् ? यसको जवाफ हामीले पाउने कि नपाउने ? देशको लागि भन्दै मरेका हरुको लागि भन्दै बेपत्ता आयोग बनाइएको छ । तिमीले निलेका मानिसहरु खोज्न हामीले के नाममा आयोग बनाउन पर्ने हो ? जसको कारण तिम्रो काखँमा हिड्दा हामीहरु सुरक्षित महसुस गर्न पाईयोस् ।
प्रिय त्रिसुली २००७ सालमा सयौं मानिसहरु मर्दा देशले प्रजातन्त्र पायो, २०२८ सालमा झापा बिद्रोह गर्दा नेपालमा सामाजीक रुपाण्तरण भयो । २०३६ सालमा नेपाली जनताको आन्दोलनले जनताको पक्षमा बहुदलिय शासन ब्याबस्थाको लागि अगाडी बढ्ने शाहस पायो । २०४६ सालको आन्दोलनले नेपाली जनताको लागि जनताका प्रतिनिधीले बनाएको बिश्वको उत्कृष्ठ संबिधान पायो । २०५२ देखिको माओवादी युद्धले झण्डै १३ हजारमा मानिसहरुको ज्यान लियो साथै २०६२÷०६३ को जनआन्दोलनले केहि मानिसहरुको बलिदानीबाट नेपालले संघिय लोकतान्त्रिक गणतन्त्र पायो । तर तिमीले भने हरेक समय नेपालीहरुलाई निलेको निल्यै छौ तर खै आजसम्म किन केहि दिन नसकेको ? कि मर्नेहरुको मुल्य तिमीलाई थाहा नै भएन ।
प्रिय त्रिसुली, अब तिमी चुप बस्ने अधिकार नै छैन भनिदेउ केहिले सम्म हामीले तिम्रो नाउँमा बलिदानी गर्नुपर्ने हो ? नेपालका जननेता मदन भण्डारी तिमीले खायौं, भर्खर जन्मिएका साना नावालाकहरु तिमीले खायांै, देशको लागि केहि गर्ने सपना बुनेका सयौं युवाहरुलाई तिमीले खायौं, तिमीले हरेक बर्गका मानिसहरुलाई बसेर्नी कतिको सङख्यामा खाएकी छौं त्यसको हिसाव नै छैन । त्यसको बदलामा न तिमीले केहि पाएकी छौं । यदि चोरबाटो तिमीले केहि पाएको भए आज नेपालीहरुका सामु भन्देउ प्रिय त्रिसुली । मानिसहरुको रगत तिम्रो मुहार लत्पताउने कोसिस अब नगर ।
केहि दिन अगाडी नेपालको पुर्ब अर्थमन्त्रीलाई पनि तिमीले निलेको कुरा बिर्सीएकी छैनौं होला । देशको पुर्व बिशिष्ट मानिसलाई त तिमी पत्तै नहुने गरी देशको सबै सुरक्षा संयन्त्र प्रयोग गर्दा फेला नपारिने गरि लुकाउन सक्ने रहिछौं भने आम सामान्य नागरीकहरु त तिम्रो काखँमा कति लुके लुके ?
प्रिय त्रिसुली अब बोलिदेउ हामीले तिम्रो नाम कति बलिदानी गर्नुपर्ने हो । आफ्नी आमालाई मुक्तीनाथ दर्शन गराएर फर्किएकाहरु मात्रै होईन तिमीले रोजगारीमा गएका मानिसहरुलाई निलेकी छौं । घरपरिवारको सपना पुरा गर्नको लागि हिडेका मानिसहरु निलेकी छौं । परेदेशबाट घर फर्किएकाहरु आफ्न्त भेट्न नपाई बिच बाटो मै तिमीले निलेकी छौं । यस्ता अनेक सन्दर्भमा तिमीले निलेकाको हिसाब नै छैन् । प्रिय त्रिसुली तिमी अब बोल्नुपर्छ र जसरी पनि बोल्नुपर्छ ? हामीले के हो आधारमा तिमीलाई बलि दिनुपर्ने हो ? त्यसको कारण तिमीले जवाफ दिनुपर्ने छ ।
कुनै काममा हिडेकालाई बिगतमा आतंककारीहरु तथा राज्यका मानिसहरुले छापेको जस्तो गरि चिलले चल्ला झै टपक्प टिपेर पानी मुनी लुकाउने तिमी को हो ? त्यो बारेमा पनि तिमी बोल्नुपर्छ । होईन भने कहिले राती, कहिले बिहान गर्दै जुन समयमा पनि तिमीलाई स्वाद लाग्दा टपक्क टिपेर निर्दोस मानिसहरु लुकाउने तिमीलाई कुनै अधिकार नै छैन् ।
प्रिय त्रिसुली, काखँ कि आमा टिपेर छोराछोरी टुहुरो बनाउने तिमी कोहो ? समाजको अगुवालाई टिपेर समाज नै टुहुरो बनाउने तिमी कोहो ? बाबा आमा, श्रीमती तथा परिवारको खुसी खोज्न परदेश हिडेको एउटा ईमान्दार मानिसलाई बिच बाटोमा खोस्ने तिमीलाई कसले अधिकार दियो ? के यसको जवाफ अब तिमीले दिन पर्दैन ? अब पनि यस्तै भए प्रिय त्रिसुली तिमीलाई हामी नेपालीको रगत खाने अधिकारबाट बन्चित गर्न आन्दोलनको आधि बेहरी ल्याउनु पर्ने छ । होईन भने भनिदेउ प्रिय त्रिसुली आजसम्म तिमी कति मानिसहरु निलेकी छौं ।।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ