2026-06-30 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी आकाशमा उडेको ‘रहस्यमयी’ भनिएको विमान दुर्घटना, चारै जनाको मृत्यु

एजेन्सी । आइतबार दिउँसो अमेरिकी आकाशमा एक अज्ञात जहाज उड्यो। राजधानी वासिङ्टन डिसी नजिकै भएर उक्त जहाज ठूलो आवाज निकाल्दै उडेको थियो। उक्त जहाज भर्जिनियामा दुर्घटना भएको घटना सार्वजनिक भएको छ। विमानमा सवार चारै जनाको मृत्यु भएको ह्वाइट हाउसले पुष्टि गरेको बीबीसीले लेखेको छ। 

अज्ञात जहाजका पाइलटले  उड्डयन प्राधिकरणका अधिकारीहरूसँग कुनै सम्पर्क गरेका थिएनन्। आफ्नो आकाशमा अनुमतिबिनै जहाज उडेपछि त्यसलाई अमेरिकी सेनाका दुई जहाजले पछ्याएका थिए। अमेरिकी लडाकु विमानहरूले पछ्याउँदा विमान अनियन्त्रित भएर भर्जिनियाको शेनान्दोह उपत्यकाको ग्रामीण भागमा दुर्घटना भएको हो।


स्थानीय प्रहरीका अनुसार उद्धारकर्ताहरू दुर्घटनास्थलमा पुग्दा जहाजमा सवार कोही पनि जीवित फेला परेका थिएनन्। उक्त जहाज इन्कोर मोटर्स मेलबर्न कम्पनी रहेको खुलेको छ भने जहाजमा उक्त कम्पनीका सञ्चालक जोन रम्पेलकी छोरी र नातिनी तथा एक कामदार रहेको बताइएको छ। रम्पेलले उनीहरू क्लारलाइनमा बिदा मनाएर न्युयोर्क फर्किन लागेको बेला दुर्घटना भएको बताएका छन्।

उड्डयन प्राधिकरणका कर्मचारीले सम्पर्क गर्न खोज्दा पाइलट किन सम्पर्कमा आएनन् भन्ने खुलेको छैन।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ