४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बेन्जेमा अल–इतिहादसँग तीन वर्षको करारमा अनुबन्ध

२३ जेष्ठ २०८०, मंगलवार १०:४८

जेठ २३, रियाद | रियल मड्रिड छाडेसँगै करिम बेन्जेमाले साउदी प्रो लिग च्याम्पियन अल–इतिहादसँग तीन वर्षको करार सम्झौता गरेका छन् । १४ वर्ष स्पेनको राजधानीमा रहेका फ्रेन्च फरवार्डको एक वर्ष करार थप गर्ने व्यवस्थालाई प्रयोग नगर्ने निर्णय रियलले गरेसँगै उनले क्लब छाड्ने निर्णय गरेका थिए । 

त्यसपछि फ्रि–एजेन्ट रहेका उनले अल–इतिहादसँगको करार सम्झौतालाई अन्तिम रूप दिएको बताइएको छ । एएफपीको रिपोर्ट अनुसार बेन्जेमाले साउदी क्लबसँग ३ वर्षको करार सम्झौता गरेका छन् जसअनुसार उनी सन् २०२६ सम्म क्लबमा रहनेछन् ।

आफ्नो महत्त्वाकाङ्क्षी योजना अन्तरगत क्लबले सन् २०२२ को बालोन डि’ओर विजेतालाई तुरुन्तै अनुबन्ध गरेको थियो । उता अल हिलालले लियोनेल मेस्सीलाई कीर्तिमानी रकममा भित्र्याउने तयारी गरेको छ । नयाँ सिजनमा अन्य सात सुपरस्टारहरूलाई लिगमा भित्र्याउने तयारी विभिन्न क्लबहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता