2026-09-07 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘अखण्ड भारत’ नक्साबारे भारतसँग स्पष्टीकरण माग्दै बंगलादेश

जेठ २४, काठमाडौँ । बंगलादेशले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको छ ।बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए ।

उनले प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको जानकारी गराए । बंगलादेशको विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका नेताले उक्त नक्सा ‘बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि खतरा’ भनेर वर्णन गरेको दुई दिन पछि विदेश राज्यमन्त्री आलमको यो टिप्पणी सार्वजनिक भएको हो ।

‘नक्सालाई लिएर व्यापक आक्रोश देखिएको छ । यसको स्थापनामा कुनै शंका छैन । यद्यपि, थप स्पष्टीकरणको लागि, हामीले दिल्लीस्थित मिसनलाई भारतको आधिकारिक धारणा के हो भनेर बुझ्नको लागि त्यहाँको विदेश मन्त्रालयसँग कुरा गर्न भनेका छौं,’ विदेश राज्यमन्त्री आलमको भनाइलाई उद्धृत गर्दै ढाका ट्रिब्यूनले सामग्री प्रकाशन गरेको छ ।

भारतको नयाँ संसद भवनमा राखिएको उक्त नक्सा २८ मे मा प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेपछि त्यसको नेपाल र पाकिस्तानमा विरोध भइरहेको छ । नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भ्रमणका क्रममा उक्त विषयलाई नउठाएको भन्दै संसदमा प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गरिरहेको छ ।

यसअघि विपक्षी दलले उठाएको अखण्ड भारत नक्सामाथि जवाफ दिँदै प्रचण्डले ‘भारतको संसद भवनमा राखिएको उक्त नक्सा अखण्ड भारतको सांस्कृतिक नक्सा भएको र समकक्षी मोदीसँग आफूले यस विषयमा कुरा उठाएको’ बताएका थिए । त्यसपछि प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीले नै सांस्कृतिक नक्सा भनेर भन्नु उचित नभएको संसदमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित