2026-09-07 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

प्रधानमन्त्री मोदीलाई अमेरिकी संसद्मा सम्बोधनको निम्तो

जेठ २४, नयाँदिल्ली | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । 

प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न  लाग्नुभएको हो । उहाँलाई सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति आमन्त्रण गरेका छन् । 

प्रधानमन्त्री मोदीले पनि अमेरिकी सदनको निमन्त्रणा स्वीकार गर्दै संयुक्त बैठकमा सम्बोधन गर्ने घोषणा गर्नुभएको छ । अमेरिकी कङ्ग्रेसको संयुक्त बैठकलाई दुई पटक सम्बोधन गर्ने प्रधानमन्त्री मोदी एकमात्र भारतीय नेता हुनुहुनेछ । यो विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई अमेरिकाले दिने सर्वोच्च सम्मानमध्ये एक हो ।

“संयुक्त राज्यको प्रतिनिधिसभा र संयुक्त राज्य सिनेटको द्विदलीय नेतृत्वको तर्फबाट, तपाई (प्रधानमन्त्री मोदी) लाई बिहीबार जुन २२ का दिन कङ्ग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्न आमन्त्रित गर्नु हाम्रो लागि सम्मानको कुरा हो,”सभामुख केभिन म्याकार्थी, सिनेट बहुमतका नेता चक शुमर, सिनेट रिपब्लिकन नेता मिच म्याककोनेल र हाउस डेमोक्रेटिक नेता हकिम जेफ्रिजले हस्ताक्षर गरेको आमन्त्रणपत्रमा लेखिएको छ । 

सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेता मोदीले तीनै जना अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनसँग द्विपक्षीय र बहुपक्षीय भेटघाटका लागि आधा दर्जनभन्दा बढीपटक अमेरिकाको भ्रमण गर्नुभएको छ । यद्यपि राजकीय भ्रमणका निम्ति उहाँलाई पहिलो पटक निमन्त्रणा गरिएको छ ।  अमेरिकाका नजिकका मित्र र सहयोगीहरूलाई मात्र यस्तो सम्मान दिने प्रचलन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित