२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अस्पताललाई अत्यावश्यक उपकरण सहयोग

१२ आश्विन २०७३, बुधबार ०७:२९

असोज १२, चितवन । भरतपुर अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) सेवालाई थप प्रभावकारी बनाउन इटालीबाट विभिन्न आधुनिक उपकरण सहयोग भएको छ । 

इटालीको एमिसी डेला नियोनाटोलोजिया ट्रेनटिना र टोरन्टो राज्य सरकारले उपलब्ध गराएका अत्यावश्यक उपकरणसहितका सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ । 

इटालीबाट आएका एएनटी प्रोजेक्टका म्यानेजर कार्लोससहितको टोलीले अस्पतालमै आएर मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीलाई अत्यावश्यक उपकरण र सामग्री मङ्गलबार हस्तान्तरण गरेको हो । 

करिब रु २१ लाख मूल्य बराबरको सामान अस्पतालको एनआइसियु सेवाका लागि हस्तान्तरण गरिएको रोटरी क्लब अफ रत्ननगरका रोटरीयन शिवराज उप्रेतीले जानकारी दिनुभयो । 

सो संस्था र टोरन्टो सरकारले एनआइसियु सेवाका लागि आवश्यक श्वासप्रश्वास सहज गराउने सि प्याप मेसिन दुई थान, वार्मर दुई थान, सक्सन पम्प दुई थान, जन्डिस भएका शिशुको उपचारमा अत्यावश्यक फोटोथेरापी मेसिन चार थान, बेबिक्यारी चार थानलगायत अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो । 

भरतपुर अस्पतालका मेसु डा मरासिनीले भरतपुर अस्पताल गरिब जनताको उपचार गर्ने थलो भएको भन्दै सेवा विस्तार र स्तरोन्नतिमा अस्पताल लागेको बताउनुभयो । 

उहाँले आगामी दिनमा पनि अस्पताललाई यस्ता सहयोग जारी राख्न अनुरोध पनि गर्नुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा दाता संस्थाका कार्यक्रम म्यानेजर कार्लोसले आफूहरुले पहिलोपटक भरतपुर अस्पताललाई उपचार उपकरण हस्तान्तरण गरेको भन्दै आगामी दिनमा पनि अस्पतालसंग सहकार्य गरिने बताउनुभयो । 

भियतनामबाट ल्याइएको उपकरण तथा सामग्री चितवनसम्म ल्याउन लागेको करिब रु दुई लाख ढुवानी खर्च रोटरी क्लब अफ रत्ननगर र रोट्याक्ट क्लब अफ रत्ननगरले ब्यहोरेको थियो । 

हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष जगन्नाथ अधिकारीले भरतपुर अस्पतालका लागि आगामी दिनमा पनि यस्तै खालका सहयोग जुटाउन आवश्यक पहल गर्ने बताउनुभयो । 

भरतपुर अस्पतालमा अत्याधुनिक सुविधासहितको १२ बेडको एनआइसियु सेवा सञ्चालनमा छ । उक्त टोलीले यस्तै उपकरण कान्ति वाल अस्पताल र प्रसूति गृहलाई समेत उपलब्ध गराएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली