२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

सुँगुरको रगतबाट पिउने पानी, यसरी बन्छ रगतबाट पानी…

२०८०, २४ जेष्ठ बुधबार १२:०६

एजेन्सी |  विज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जान्नका लागि अध्ययन गरिन्छ। विश्वमा विज्ञानका कारण धेरै कुरा फेरिएको छ र धेरै कुरा फेरिने वाला छ । यसका केही हानी त केही फाइदा पनि छन् । 

यस्तै केही यस्ता प्रविधि पनि तयार गरिँदै छ जुन हाम्रो सोचभन्दा निकै अघि छ । यस्तै प्रविधि बेल्जियमको एक कम्पनीले विकास गरेको छ ।

बेल्जियमको वेभेजेलमा बनेको कम्पनी भेओस पशु प्रोटिन उत्पादनको आपूर्तिमा माहिर छ । यसले जनावरको रगत र कोलाजेनलाई उच्च गुणस्तरको प्रोटिन पाउडरमा रूपान्तरण गर्छ, जुन मानिस र जनावरहरूको खानामा प्रयोग गरिन्छ । अहिलेसम्म यो कम्पनीले जमिनमुनिबाट पानी निकालेर आफ्नो काममा प्रयोग गर्ने गर्दथ्यो तर अहिले फरक विकल्प खोजेको छ ।

कम्पनीले सुँगुरको रगत राख्न प्रयोग गरिने ट्याङ्कीलाई पानीले धुने गरेको थियो र यसमा धेरै पानी खर्च हुने गर्दथ्यो । यस्तो अवस्थामा कम्पनीले १७ करोड ६६ लाखभन्दा बढीको लगानीमा सुँगुरको रगतबाट पिउने पानी बनाउन सकिने यस्तो वाटर प्युरिफिकेसन इन्स्टलेसन स्थापना गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोबर्ट स्ली यस इन्स्टलबाट दैनिक डेढ लाख लिटर पानी पाउन सकिने बताउँछन् ।

यसरी बन्छ रगतबाट पानी…


उनले प्रविधिबारे कुरा गर्दै सबैभन्दा पहिला रगतलाई उमालिने र बाफको रूपमा जुन पानी आउँछ त्यसलाई चिसो पारेर त्यसलाई पानीमा परिणत गरिने बताए । 

यो नयाँ पानी प्रशोधन केन्द्रबाट प्राप्त पानी उत्पादनमा प्रयोग गरिनेछ । यसले ४० प्रतिशत पानी बचत गर्न मद्दत गर्नेछ । यो पानीले ट्याङ्की सफा गर्न सकिनेछ र यसलाई पिउन पनि सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने