2026-06-27 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बार्सिलोना छाडेर इन्टर मियामी रोज्नुको कारणबारे यसो भन्छन् मेस्सी

जेठ २५, काठमाडौँ | पेरिस सेन्ट जर्मेइन पीएसजीमा दुई सिजन विताएपछि विश्व विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी बार्सिलोना फर्कने सम्भावना थियो । तर, उनले १८ वर्ष विताएको बार्सिलोना फर्कनुको सट्टा अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्ने भएका छन् । प्रक्रिया पूरा हुन बाँकी रहे पनि उनले मियामीबाटै खेल्ने निश्चित भइसकेको छ ।


बार्सिलोनामै फर्कनुपर्ने समर्थकको चहनाविपरीत मियामीलाई रोज्नुका लागि मेस्सीले परिवारको खुसी, भविष्य र व्यवहारिकतालाई हेरेको बताएका छन् ।

‘क्लब छोडेपछि म त्यहि पोजिसन पुन फर्कन चाहन्नथेँ । मैले मेरो भविष्य अर्काको हातमा छोडीरहेको थिएँ,’ मेस्सीले भनेका छन्, ‘मैले मेरो र मेरो परिवारको बारेमा सोचेर आफ्नो निर्णय लिन चाहन्थें । हुन त बार्सिलोनाले पेस गरेको आर्थिक गतिविधी ला लिगाले स्वीकृत गरिसकेको थियो । मलाई फर्कन पनि ठिकै थियो, तर पनि अझै अन्य धेरै कुरा समधान गर्न बाँकी नै छ ।’

मेस्सी भित्र्याउनका लागि बार्सिलोनाले केहि खेलाडी बेच्नुपर्ने अवस्था रहेको भन्नेबारे आफूले सुनेकोसमेत मेस्सीले बताए ।

‘अन्य खेलाडीको तलब कटौती गरेर म उक्त क्लबमा आबद्ध हुन चाहन्नथें,’ बार्सिलोनामा आफ्नो कार्यकालको अन्त्यतिर व्यवस्थापनसँगको विवादमा फसेका मेस्सीले थपे, ‘सत्य के हो भने बार्सिलोनामा हुँदा मलाई धेरै गलत आरोपहरु लागेको थियो । म ती कुराहरुबाट थाकिसकेको थिएँ । त्यसैले पनि पुनः ती झन्झटमा पर्न चाहन्नथें ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी