१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘अखण्ड भारत’को नक्साबारे भारतीय विदेशमन्त्रीले भने- नेपाललाई बुझाइसक्यौं, पाकिस्तानले बुझ्न सक्दैन

२५ जेष्ठ २०८०, बिहीबार १२:४४

जेठ २५, नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले देशको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्शा राजनीतिक विषय नभएको बताएका छन् । छिमेकी देश नेपालले भारतको वर्णन बुझिसकेको तर, अर्को देश पाकिस्तानले बुझ्ने हैसियत नराख्ने उनले टिप्पणी गरे ।

नेपाल र बंगलादेशमा अखण्ड भारतको नक्शाप्रति भइरहेको विरोधका विषयमा पत्रकारले सोधेको प्रश्नमा जयशंकरले सो टिप्पणी गरेका हुन् ।

‘मन्त्रालयका प्रवक्ताले यो नक्शाले अशोका साम्राज्यको विस्तारलाई झल्काउँछ भनेर वर्णन गरिसक्नुभएको छ’, उनले भने ।

नेपाल र पाकिस्तानका लागि एउटै वर्णन हो ? भन्ने पत्रकारको थप प्रश्नमा उनले जवाफ दिए, ‘मलाई लाग्दैन कि यो राजनीतिक मुद्दा हो । मित्र राष्ट्रहरुले बुझिसके । पाकिस्तानले यसलाई बुझ्ने ल्याकत राख्दैन ।’

उनले थपे, ‘हाम्रा मित्रवत छिमेकीहरुले यसलाई बुझ्नेछन् । मलाई भनिएको छ कि हाम्रो वर्णनलाई उनीहरुले सह्राना गरे । पाकिस्तानको कुरा बिर्सिदिउँ । पाकिस्तानले बुझ्ने मेरो अपेक्षा छैन र पाकिस्तानमा पनि कुनै आशा छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल