2026-09-07 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सिनजियाङको मरुभूमिमा चीनले किन खन्दैछ सगरमाथाको उचाइभन्दा पनि गहिरो खाडल ?

एजेन्सी | चिनले आफ्नो उत्तरपश्चिमी राज्य सिनजियाङमा रहेको ताक्लामाकान मरुभूमिमा ११ किलोमिटर (११ हजार १०० मिटर) भन्दा बढी गहिरो खाडल खन्न शुरू गरेको छ । यो योजनाको काम गत साताबाट शुरू भएको हो ।चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो गहिरो खाडल पृथ्वीको सबैभन्दा पुरानो क्रेटासियस कालीन तहसम्म पुग्नेछ। क्रेटासियसलाई १४५ देखि ६६ मिलियन वर्ष पुरानो भौगोलिक अवधि मानिन्छ।

यो योजना ४५७ दिनमा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस अवधिमा त्यहाँ कार्यरत श्रमिक तथा भूगर्भविद्हरू दिनरात ‘हेभी मशिनरी’का साथ काममा व्यस्त रहनेछन् । यो योजनालाई चीनको सबैभन्दा ठूलो उत्खनन् योजना मानिएको छ । यसअघि चीनको सबैभन्दा गहिरो ‘ड्रिल’ १० किलोमिटर बराबर थियो ।

चीनले बनाउँदै गरेको यो खाडल मानिसले बनाएको सबैभन्दा गहिरो खाडल भने हुने छैन । यसअघि सन् १९८९ मा १२ हजार २६२ मिटर अर्थात् १२ किलोमिटरभन्दा बढी गहिराइसम्म ‘ड्रिल’ गरेर रुसले कीर्तिमान बनाएको थियो । चीनबाट यो ठूलो योजनाको घोषणा यस्तो समयमा भयो छ, जुन समयमा चीनले विश्वको प्राविधिक र वैज्ञानिक शक्तिका रूपमा आफ्नो स्थिति बलियो बनाउन महत्त्वपूर्ण कदम चालिरहेको छ । चाखलाग्दो कुरा के छ भने जुन दिन यो नयाँ योजनामा ​​काम शुरू भएको थियो, त्यही दिन चीनले आफ्ना तीनजना अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष कक्षमा रहेको स्टेसनमा पठाएको थियो।

अन्तरिक्ष स्टेसनमा अन्तरिक्ष यात्रीहरू पठाउने यो कदम चीनको ठूलो अन्तरिक्ष परियोजनाको एक हिस्सा हो, जसअन्तर्गत उसले २०३० अघि चन्द्रमामा पाइला राख्ने प्रयास गरिरहेको छ । यस्तो परिस्थितिमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ (८ हजार ८ सय ४८ दशमलव ८६ मिटर) भन्दा पनि गहिरो खाडल चीनले किन खन्दैछ  ?

करीब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले देशको वैज्ञानिक समुदायलाई पृथ्वीको गहिराइमा रहेका स्रोतहरूको खोजीमा अगाडि बढ्न आग्रह गरेका थिए। सीले निर्देशन दिएको करीब दुई वर्षपछि अहिले महत्त्वाकांक्षी परियोजनामा काम शुरू भएको छ । चीनमा तेल र ग्यास अन्वेषणमा काम गर्ने देशको सबैभन्दा ठूलो कम्पनी चाइना नेसनल पेट्रोलियम कर्पोरेसनका प्रतिनिधि लिउ सियाङ्गले दुईवटा उद्देश्यले यो परियोजना अगाडि बढाइएको बताएका छन्- पहिलो पेट्रोलियम पदार्थ उत्खनन् र दोस्रो वैज्ञानिक अन्वेषण । ताक्लामाकान मरुभूमिको गर्भमा ठूलो परिमाणमा ग्यास तथा पेट्रोलियम पदार्थ रहेको अनुमान छ । यस्तो गहिरो खाडललाई कायम राख्नु पनि ठूलो चुनौती भएको प्राध्यापक क्रिस्टियन फारियास बताउँछन् ।

सोभियत रुसले विगतमा १२ किलोमिटरको गहिराइ नाघ्न सफल भए पनि पृथ्वीको भित्री तहमा पुग्न निकै कठिनाइ झेलेको थियो । सोभियत संघको पतनसँगै सो परियोजना नै विफल हुन पुगेको थियो । ​चाइनिज एकेडेमी अफ इन्जिनियरिङका वैज्ञानिक सन जिनले सिन्ह्वालाई भने, ‘यो ड्रिलिंग परियोजना दुई पातलो स्टिलको तारमा ठूलो ट्रक चलाउनु जस्तै हो ।’ उनको भनाइले पनि प्रस्ट पार्छ कि यो निकै कठिन योजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड