2026-10-24 01:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ट्वीटरले प्रयोगकर्तालाई दिंदैछ ६५ करोड रुपैयाँ

एजेन्सी | माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्तालाई ६५ करोड रुपैयाँभन्दा धेरै रकम दिने भएको छ ।

ट्वीटर कम्पनीका मालिक एलन मस्कले शुक्रबार एक ट्वीट गर्दै ट्वीटरका भेरिफाइड कन्टेन्ट क्रियटर्सलाई उनीहरुको रिप्लाइ आउने विज्ञापनका लागि निश्चित रकम प्रदान गरिने घोषणा गरेका हुन् । त्यसमध्ये पहिलो चरणमा करिब ५० लाख डलर अर्थात् करिब ६५ करोड रुपैयाँ वितरण गरिनेछ ।

मस्कले आफ्नो ट्वीटमा भनेका छन्- आगामी केही हप्ता भित्रैमा सर्जकहरुलाई उनीहरुको ट्वीटर प्लाटर्फमको रिप्लाइमा देखिने विज्ञापनवापतको रकम चुक्ता गरिनेछ । पहिलो किस्ताको भुक्तानी कुल ५० लाख डलरको हुनेछ । साथै मस्कले भेरिफाइड अकाउन्टवाला सर्जकले मात्रै तथा भेरिफाइड प्रयोगकर्ताका अकाउन्टमा हुने विज्ञापनका लागि मात्रै पैसा दिइने बताएका छन् ।

ट्वीटरमा नवनियुक्त सीईओ लिन्डा याकारिनोले पदभार ग्रहण गर्न लागेको समयमा मस्कले यस्तो घोषणा गरेका हुन् । गत अक्टोबरमा ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरिद गरेसँगै ट्वीटरमा विज्ञापनदाताहरुलाई टिकाउनै मुस्किल परेको छ ।ट्वीटरले हजारौं कर्मचारी कटौती गरेसँगै आफ्ना विज्ञापनहरु कुन स्थापनमा प्रकाशित गरिने हुन् भन्नेमा विज्ञापनदाताहरु चिन्तित देखिएका छन् ।  -रोयटर्सबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने