मोहम्मद ईजहार शेष/असोज १२, परासी । मुस्लिम महिलाहरुलाई ईस्लामिक सन्देश दिन नवलपरासीमा पहिलो पटक महिला जलसा (धार्मिक प्रबचन) सम्पन्न भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/असोज १२, परासी । मुस्लिम महिलाहरुलाई ईस्लामिक सन्देश दिन नवलपरासीमा पहिलो पटक महिला जलसा (धार्मिक प्रबचन) सम्पन्न भएको छ ।&nb"/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

छात्रा कक्षाको अभावले छात्रा उर्दु शिक्षाबाट बन्चित हुदै: आलेमा

२०७३, १२ आश्विन बुधबार १२:२२


मोहम्मद ईजहार शेष/असोज १२, परासी । मुस्लिम महिलाहरुलाई ईस्लामिक सन्देश दिन नवलपरासीमा पहिलो पटक महिला जलसा (धार्मिक प्रबचन) सम्पन्न भएको छ । 

प्राय मुस्लिम महिलाहरु घरबाट बाहिर निस्कन नपाउने र धार्मिक शिक्षाबाट बन्चित हुने हुँदा ति महिलाहरुलाई ईस्लामिक धर्मको विषयमा जानकारी दिने उद्देश्यले यस एक दिने जलसाको आयोजना गरिएको हो । 

जलसमा महिलाहरुलाई नमाज पढने, कुरान शरिफ पढने र ब्रत बस्ने सहि तारिका सिकाइएको छ । इस्लाम धर्मको कायदा कानुन सबै माथि लागु हुने हुँदा महिलाहरुले पनि ति कानुनहरु (मसला) जान्न आवशयक रहेको कार्यक्रमका प्रमुख वक्ता आलेमा कमर जहाँले बताउनु भयो । जिल्लाको सुनवल, बनकट्टिमा आयोजित महिला जलसामा महिला वक्ताहरुले ईस्लाम धर्मको संरक्षण र त्यसको संस्कृतिलाई जोगाउन आवश्यक रहेको बताए । 

शिक्षा र जनचेतनाको अभावले निकै पछाडी पर्दै गएको मुस्लिम समुदायलाई सरकारले सामुदायिक विकास तथा धर्म संरक्षण गर्न आग्रह गरेका थिए । नेपालमा उर्दु (आरबी) को उच्च शिक्षाको व्यवस्था नहुँदा उर्दु पढने अधिकांश छात्राहरु विभिन्न घरायसी समस्याले अर्काे मुलुकमा गई शिक्षा हासिल गर्न पाउँदैनन् । 

ईस्लाम धर्म अनुसार उर्दु छात्रा बालिग (टिनऐजमा प्रवेश) भएपछि छात्रहरु संग एउटै कक्षामा बसी पढन नमिल्ने हुनाले छात्राका लागि छुट्टै कक्षा तथा विद्यालयको व्यवस्थापन गर्नु पर्ने हुन्छ । जिल्लामा एक मात्र कुश्मा गाविस स्थित बेलासपुर मदरसामा छात्रा कक्षा (निस्वां) संचालन गरिएको छ जसमा क्षमता भन्दा बढि छात्राहरुका कारण पठनपाठन प्रभावकारी बन्न सकेको छैन । सरकारले जिल्लामा छात्राका लागि छुट्टै विद्यालयको (मदरसा) व्यवस्थापन मिलाइदिन आग्रह गर्दै छात्र छात्राहरुका लागि उर्दुको उच्च शिक्षा समेतका माग गरेका छन् ।  

जलसा कार्यक्रममा धर्मावलम्बी, मोलाना सैयद गुलास हुसैन, मोलाना मोहर अलि, मोलाना वसिउल्लाह र मुस्लिम संघका कार्यवाहक अध्यक्ष कासिद अलि लगायतले जलसको व्यवस्थापकि कामलाई अन्जाम दिएका थिए । जलसको व्यापक प्रचार प्रसार गरि महिलाहरुलाई गाउँगाउँबाट बटुलेर जलसमा सहभागि समेत गराई महिलाहरुलाई सहयोग गरेका थिए । 

                                             

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध